मे ३१ आइतबार कतार एयरवेजमार्फत नेपालबाट अमेरिका आउन सकिने


प्रकाशित मिति : जेष्ठ १४, २०७७ बुधबार

अमेरिका आउने योजना हुँदाहुँदै नेपालमा अड्केका व्यक्तिका लागि मे ३१ आइतबार काठमाडौंबाट दोहा हुँदै अमेरिका आउन सकिने भएको छ ।  कतार एयरवेजले जानकारी आफूलाई प्राप्त भएको काठमाडौं स्थीत अमेरिकी दूतावासले जनाएको छ ।

उक्त उडानबाट दोहासम्म र दोहाबाट नियमित उडानबाट अमेरिका आउन सकिनेछ । तर अहिले दोहाबाट अमेरिकाको डलास फोर्ट वर्थ र शिकागोमामात्र उडान भइरहेकाले ती दुई गन्तब्यमामात्र आउन सकिनेछ । ती गन्तब्यबाट अमेरिकाको आन्तरिक उडानमार्फत अन्य क्षेत्रमा जान भने सकिनेछ ।

कतार एयरवेजले यात्राको बन्दोबस्तका लागि काठमाडौंमा रहेको प्रेसिडेण्ट ट्राभल एण्ड टुर्ससँग काम गरिरहेको  छ । यदि कोही व्यक्ति यो सम्भावनाबारे बुझ्न चाहेमा प्रेसिडेण्ट ट्राभल एण्ड टुरको नम्बरमा वा इमेलमा सम्पर्क गर्न सक्नेछन् ।

मोबाइल नम्बर :  9801023761, 9851023761, 9801052389
अफिसको नम्बर :  01 4220245, EXT: 203, 01 4252995
इमेल – [email protected][email protected]

फोन सम्पर्क गरेको खण्डमा ट्राभल एजेन्सीले आगामी कदमबारे जानकारी गराउनेछ । एजेन्सीको अफिस दरबारमार्गमा रहेको छ । एजेन्सीलाई पासपोर्टको बायो पृष्ठ इमेल गरेको खण्डमा टिकट बुक गर्नका लागि प्रकृया चाल्ने जनाइएको छ ।

यो उडानबाट अमेरिकी नागरिकबाहेक अन्य मापदण्ड पूरा गरेका ग्रिनकार्डवाहक र भिसावाहक समेत अमेरिका आउनसक्ने सम्भावना रहेको छ । विगत १४ दिनको अवधिमा ब्राजिल , चीन, इरान, युरोपको शेंगेन क्षेत्र, बेलायत र आयरल्याण्डको यात्रा गरेकाहरुबाहेक अरु सबै यात्रुहरुलाई अमेरिकामा आउनमा कुनै रोक लगाइएको छैन । ग्रिनकार्डवाहक र नागरिक लगायतलाई भने कुनै प्रतिबन्ध छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com