जुन ४ पछि युएससीआईएसका कार्यालयमा जाँदा पालना गर्नैपर्ने ५ मापदण्ड


प्रकाशित मिति : जेष्ठ १४, २०७७ बुधबार

युएससीआईएसले आगामी जुन ४ देखि आफ्ना केही फिल्ड अफिसहरु खोल्ने तयारी गरेको छ । युएसीआईएसमा सेवाग्राही उपस्थीत हुनुपर्ने सबै सेवाहरु मार्च १८ देखि स्थगित गरिएका छन् ।

युएससीआईएसका फिल्ड अफिसहरु, एसाइलम अफिसहरु र एप्लीकेशन सर्पोट सेन्टरहरु बन्द हुनुका साथै बायोमेट्रिक अप्वाइन्टमेन्ट, अन्तरवार्ता, नागरिकता वितरण समारोह र अन्य अप्वाइन्टमेन्टहरु स्थागित गरिएका छन् । सबै अप्वाइन्टमेन्ट, अन्तरवार्ता, नागरिकता वितरण समारोह लगायतका लागि युएससीआईएसले नयाँ सुचना पठाउनेछ ।

युएससीआईएसले केही मापदण्डहरु तोकेर सेवा सुचारु गर्ने तयारी गरेको हो । जस अन्तरगत सेवाग्राहीहरुलाई ५ वटा मापदण्ड पूरा गर्न सुझाव दिइएको छ ।

पहिलो, सेवाग्राहीलाई खोकी, ज्वरो, स्वासप्रश्वासमा समस्या जस्ता कोभिड १९ का लक्षण भएमा, विगत १४ दिनमा कोरोना संक्रमित वा आशंका भएको व्यक्तिको सम्पर्कमा आएको भएमा वा विगत १४ दिनमा सेल्फ आइसोलेसन वा सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको अवस्थामा युएससीआईएसको अफिसमा नआउन सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोश्रो, सेवाग्राहीहरुलाई अप्वाइन्टमेन्टको समयभन्दा १५ मिनेट अगाडिमात्र आउन सुझाव दिइएको छ । नागरिकता वितरण समारोह भएमा ३० मिनेट अगाडि आउन सुझाव दिइएको छ ।

तेश्रो, कार्यालय छिर्ने बेलामा सेबाग्राहीहरुलाई ह्याण्ड सेनिटाइजर उपलब्ध गराइने र सबैलाई सेनिटाइजर प्रयोग गरेरमात्र कार्यालय छिर्न सुझाव दिइएको छ ।

चौथो, कार्यालयमा छिर्दा नाक र मुख छोप्नेगरी मास्क लगाउन वा मास्क नभएमा अन्य कपडाले मुख छोप्न सुझाव दिइएको छ । सेवाग्राहीलाई फोटो लिने बेलामा वा परिचय सुनिश्चित गर्ने बेलामा केहीबेर मास्क वा अनुहार छोपेको कपडा हटाउन लगाइनेछ । कार्यालयमा छिर्दा सामाजिक दुरीका मापदण्ड समेत पालना गर्नुहुनेछ ।

पाँचौं, सेवाग्राहीलाई कार्यालयमा आउँदा निलो वा कालो मसी भएको आफ्नै कलम ल्याउन सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com