संसदले फण्ड नदिए अमेरिकाको अध्यागमन प्रणाली ठप्प हुने, कर्मचारीलाई विदा दिने तयारी


प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार

अमेरिकामा भिसा, ग्रिनकार्ड, नागरिकता, एसाइलम लगायतका अध्यागमनबारेको सेवा प्रदान गर्ने संघीय एजेन्सी युएससीआईएसले अमेरिकी संसदबाट आपतकालिन फण्ड प्राप्त नभए आफ्ना कैयन कर्मचारीहरुलाई वेतलवी विदा दिने भएको छ । संसदबाट फण्ड प्राप्त नभए जुलाई २० पछि कैयन कर्मचारीहरुलाई वेतलवी विदा दिनुपर्ने अवस्था आउने युएससीआईएसका नीतिका लागि डेपुटी डाइरेक्टर जोसेफ एड्लोले जनाएका छन् ।

उनले मंगलबार नै कर्मचारीहरुलाई उक्त कुराको सुचना सहित पत्र पठाइसकेका छन् । यो महिनाको सुरुतिर बजेट अभाव भएको भन्दै युएससीआईएसले १ दशमलव २ बिलियन रकम संसदसमक्ष माग गरेको थियो । युएससीआइएसमा सरकारी कर्मचारी र ठेकेदारहरु गरी झण्डै १९ हजार कार्यरत छन् ।

रकम प्राप्त नभए युएससीआईएसका हजारौं कर्मचारी वेतलवी विदामा जाने भएका छन् । यो फण्डलाई अर्को कोरोनाभाइरस राहत बिलमा समावेश गराउने लक्ष्य लिइएको छ । तर अर्को बिलबारे सांसदहरुबीच सहमति कायम भइसकेको छैन ।

युएससीआईएसको अधिकांश काम सेवाग्राहीको शुल्कबाट चल्ने भएकाले फण्ड प्राप्त नभएको अवस्थामा समेत सुचारु हुने गर्छ । सरकार शटडाउन भएको अवस्थामा समेत युएससीआईएसले काम गर्दै आएको छ । तर अहिले भने कोरोनाको महामारीका कारण युएससीआईएसमा व्यक्ति उपस्थीत हुनुपर्ने बायोमेट्रिक, अन्तरवार्ता र नागरिकता वितरण लगायतका सेवाहरु स्थगित गरिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाको महामारीका कारण युएससीआईएसको आम्दानीमा नाटकीय कमी आएको र संसदसमक्ष एकपटकको लागि आपतकालिन रकम मागिएको युएससीआईएसका प्रवक्ताको भनाई छ । आफूहरुको लक्ष्य मुलुकको कानी अध्यागमन प्रणालीलाई सुचारु राख्नु र अमेरिकी जनतालाई संरक्षण गर्नु रहेको युएससीआईएसका प्रवक्ताको भनाई छ ।

जुन ४ पछि युएससीआईएसले काम कारवाही सुचारु गर्ने बताएपनि रकम अभाव भएमा त्यसको झण्डै डेढमहिनापछि कर्मचारीहरुलाई बेतलवी विदा दिनुपर्ने अवस्था आउने भएको छ । युएससीआईसले मंगलबार एजेन्सीको युनियनलाई समेत सम्भावित वेतलवी विदाबारे जानकारी दिइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com