जात नमिल्ने भन्दै गाउँलेहरुको कुटाईबाट नवराज बिक को मृत्यु


प्रकाशित मिति : जेष्ठ ११, २०७७ आईतबार

जाजरकोट ।

रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ ।

नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए ।

केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँलेहरुले युवालाई कुटपिट गर्दा नवराजको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिए । गाउँलेहरुले लखेट्दा अन्य छ युवा बेपत्ता रहेको उनको भनाइ छ । उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो । जात नमिल्ने भन्दै चर्को रूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए ।नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । १२ युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ ।

लामो समय देखी सामाजिक न्याय का पक्षमा पैरवी गर्दै आएका पत्रकार एवं लेखक शिवहरि ज्ञवालीका अनुसार गैरदलित युवतीसँगको अन्तरजातीय प्रेम सम्बन्धका कारण गत शनिबार राति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको खबरले एकसाथ आहात, विक्षिप्त र आक्रोशित बनाएको छ । नबराजसँगै अरु ६ जना युवाहरुलाई अझै गैरदलितहरुले बेपत्ता बनाएका छन् । सोतीकी सुष्मा मल्लसँग नवराजको लामो समयदेखि प्रेमसम्बन्ध थियो । सुष्माकै आग्रहमा नवराज १९ जना युवा लिएर जाजरकोट पुगेका थिए । जात नमिल्ने भन्दै यसअघि नै नवराजविरुद्ध प्रहरीमा उजुरी समेत गरिएको थियो । घटनाका दोषिहरुलाई हदैसम्मको कारवाही गरियोस। तर, सन् २०११ मा जातीय भेदभाव तथा छूवाछूत कसुर तथा सजाय ऐन लागू भइसकेपछि अन्तरजातीय विवाह र प्रेम सम्बन्धका कारण गैरदलित समुदायबाट हत्या गरिएका काभ्रेका अजित मिजार,सप्तरीका शिवशंकर दास, दैलेखका सेते दमाई, झापाकी अस्मिता तोलामी सार्की, तनहुँकी संगीता परियार, सिन्धुपाल्चोककी माया तिरुवा र म्याग्दीकी सविता नेपालीको घटनामा राज्यले दोषिलाई कुनै पनि किसिमको कारवाही नगरेको हुँदा यो देशमा सबै दलित समुदायको ज्यान नै जोखिममा रहेको महसुस भएको छ । उनले अपराधीलाई कडा कारवाहीको माग समेत गरेका छन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com