विदेशी कामदारले ६० दिनभित्र नयाँ रोजगारदाता नखोजे अमेरिका छाड्नपर्ने, यस्ता छन् विकल्प


प्रकाशित मिति : जेष्ठ ९, २०७७ शुक्रबार

अप्रिल महिनामा अमेरिकामा बेरोजगारी दर १४ दशमलव ७ प्रतिशतले बृद्धि भयो । एकमहिनाको अवधिमामात्र अमेरिकामा २० मिलियनले काम गुमाएको रिपोर्टले देखाएको छ । एक्कासी काम गुमाउँदा त्यसको असर जो सुकैलाई पनि पर्छ तर कामदार भिसा एचवान बीमा अमेरिकामा रहेकाहरुलाई पर्ने असर भने निकै डरलाग्दो रहेको छ ।

अमेरिकामा कामदार भिसा एचवानबीमा रहेकाहरुले काम गुमाएको ६० दिनभित्र पनि नयाँ काम पाउन नसकेको खण्डमा अमेरिका छाड्नुपर्ने अवस्था आउनसक्छ । काम गुमाएको ६० दिनसम्म पनि नयाँ काम सुरु गर्न नसकेको खण्डमा भिसा वाहकले अमेरिकामा बस्नुपर्नाको कारण सरकारलाई दिनुपर्छ । त्यसपछि या त सरकारले त्यस्तो कारण स्वीकार गर्छ या भिसा वाहकले अमेरिका छाड्नुपर्छ ।

अमेरिकाको आप्रवासन नीति सम्बन्धि विश्लेषकहरुले जुनको अन्त्यसम्ममा झण्डै २ लाख त्यस्ता विदेशी कामदार भिसा वाहकले कानुनी स्टाटस गुमाउनसक्ने विश्लेषण गरेका छन् । जसमा जुनमा भिसा नविकरण गर्नुपर्ने काम गरिरहेका विदेशी कामदारहरु समेत पर्छन् ।

यदि तपाई अमेरिकामा कामदार भिसा एचवानबीमा हुनुहुन्छ र भर्खरै काम गुमाउनुभएको छ भने तपाईले केही अत्यावश्यक कदमहरु चाल्नुपर्ने हुनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काम गुमाइसकेपछि कामदार भिसा एचवानबीमा रहेकाहरुले सबैभन्दा पहिले लाइसेन्सप्राप्त कानुन व्यवसायीलाई सम्पर्क गर्नुपर्छ । सबै इमिग्रेशन कानुन व्यवसायीहरुले विजनेश इमिग्रेशनको अभ्यास नगर्ने भएकाले तपाईले सही कानुन व्यवसायीको छनौट गर्नुपर्छ ।

त्यस्तै हालै काम गुमाएकाहरुले तत्कालै नयाँ काम खोज्ने प्रयास गर्नुपर्छ । अमेरिकामा काम जारी राख्नका लागि त्यस्तो अर्को रोजगारदाता खोज्नुपर्छ जसले कामदारको एचवानबी भिसा स्पोन्सर गर्नुपर्छ । युएससीआईएसमा रोजगारदाताको डाटा हब रहेको छ । एचवानबीका लागि स्पोन्सर खोजिरहेका कामदारले यो डाटाहबको प्रयोग गर्नसक्छन् जसमा सन् २००९ देखि सन् २०२० सम्म एचवानबी स्पोन्सर गर्ने रोजगारदाताको विवरण समावेश छ ।

त्यस्तै काम गुमाएको ६० दिनको अवधि भित्र आफ्नो भिसाको स्टाटस परिवर्तनका लागि समेत आवेदन दिनसकिन्छ । तर यस्तो औपचारिक परिवर्तनका लागि अमेरिकी सरकारले स्वीकार गर्नुपर्छ र यो कामदारले काम गुमाएको ६० दिनभित्र हुनुपर्छ । महामारी नभएको अवस्थामा समेत यो प्रकृया अमेरिकामा निकै अप्ठ्यारो रहेको छ ।

एचवानबी कामदार भिसाबाट विद्यार्थी वा भिजिटर भिसा परिवर्तनका लागि समेत आवेदन दिन सकिन्छ । भिसा परिवर्तनका विभिन्न विकल्पहरु रहेतापनि एचवानबी कामदार भिसामा रहेकाहरुले विद्यार्थी वा भिजिटर भिसामा आफ्नो स्टाटस परिवर्तन गर्नु सबैभन्दा उचित विकल्प रहेको छ ।

त्यस्तै दम्पत्ति सपोर्ट भिसाका लागि समेत आवेदन दिनसकिने व्यवस्था रहेको छ । दम्पत्तिमध्ये एकजना काममा रहेको अवस्थामा अर्कोले यस्तो भिसाका लागि आवेदन दिनसक्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com