सांसदलाई काठमाडौं ल्याएको घटनालाई ‘अपहरण’ भन्न मिल्दैन : अनुसन्धान प्रतिवेदन


प्रकाशित मिति : जेष्ठ ४, २०७७ आईतबार

पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल तथा सत्तारुढ दलका दुई सांसद महेश बस्नेत र किसान श्रेष्ठले महोत्तरीबाट समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याएको घटनालाई ‘अपहरण’ भन्न नमिल्ने निष्कर्षमा प्रहरी पुगेको छ ।

महानगरिय प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा उक्त जाहेरीमाथि अनुसन्धान हुँदा अपहरण तथा शरिर बन्धकको कसुर पुष्टि नहुने भएकाले मुद्दा चलाउन नपर्ने राय रहेको स्रोतले बतायो । सांसद सुरेन्द्र यादव अपहरण प्रकरण नाटक मात्र भएको खुलेको छ । राजनीतिक स्टन्ड बनाउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतले सो प्रकरण निकालेको प्रहरी अनुसन्धानको प्रमाणले देखाएको छ ।

सरकारी वकिलको कार्यालय अनुसन्धान गर्न जिम्मा दिएपछि प्रहरीले एक साता लगाएर अनुसन्धान गरेको थियो । अनुसन्धानबाट प्रहरी परिसर काठमाडौंले सांसद यादव अपहरणमा नपरेको निचोड सहित शुक्रबार सरकारी वकिलको कार्यालयमा फाइल बुझाइएको हो । सांसद यादवले आफूलाई पूर्वआईजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठले अपहरण गरेको आरोप लगाउँदै उजुरी दिएका थिए ।

प्रहरीको अनुसन्धान टोलीले सांसद यादवको घरमा पुगेर घटनास्थलको विवरण लिनुका साथै परिवारसँग सोधपुछ गरेर मुचुल्का तयार गरेको थियो । यस्तै अरु विभिन्न ठाउँका मुचुल्का र सीसीटीभीका फुटेज पनि प्रहरीले बुझाएको छ । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार सर्लाहीको गौतम होटल, काभ्रेको मिलन ज्योति गार्डेन रिसोर्ट र काठमाडौंको म्यारियट होटलको सीसीटीभी फुटेज पनि बुझाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यीबाहेक पनि अपहरण होइन भन्ने प्रमाण फेला परेको प्रहरीको दाबी छ । प्रहरीले परिवारको बयान, सांसद यादवले विभिन्न संचारमाध्यममा दिएको बयान, काठमाडौं आउँदा बाटोमा विभिन्न नेतासँग गरेको टेलिफोन लगायतका प्रमाण पनि बुझाएको छ । यसका साथै केही लिखित प्रमाण नै फेला पारेको र जसले अपहरण होइन भन्ने पुष्टि गर्ने प्रहरीको भनाई छ ।

प्रहरीले उनीहरु पुगेका तीन वटै होटलका कर्मचारीलाई समेत त्यहाँ रहँदाको अवस्थाबारे सोधपुछ गरेको थियो । त्यहाँ पनि अपहरण भएको भन्ने कसैबाट नआएको परिसरले जनायो । सरकारी वकिल कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरिरहेको बताउनु भयो । उहाले अनुसन्धान अपुरो देखिएमा फेरी अध्ययन गरेर प्रतिवेदन बुझाउन भन्न सकिने बाटो पनि खुल्ला नै रहेका बताउनु भयो । ‘हामी अध्ययन गरिरहेका छौं। पुनः अनुसन्धान गर्ने, तामेलीमा राख्ने वा मुद्दा अगाडि बढाउने भन्ने अध्ययनपछि मात्रै निर्णय हुन्छ,’ उहाले भन्नुभयो ।

स्रोतका अनुसार, प्रतिवेदनमा समाजवादी दलका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट उठाएर काठमाडौं ल्याएको नभई उनी राजीखुसी आएको देखिएकाले अपहरणको आरोप पुष्टि नहुने उल्लेख छ । ‘सरसर्ती राय हेर्दा जबर्जस्ती अनि बल प्रयोग भएको दावी प्रमाणसहित पुष्टि नभएकाले अपहरण भन्न नमिल्ने भन्ने निष्कर्ष छ,’ प्रतिवेदनवारे स्रोतले भन्यो, ‘त्यसैलाई सदर गर्ने सम्भावना बढी देख्छु, हदै भए फेरि अनुसन्धान गर्नु भनेर एकपटक निर्देशनसम्म होला ।’ महानगरिय प्रहरी परिसर काठमाडौंले पनि सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनबारे कुनै सार्वजनिक टिप्पणी गरेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com