अमेरिकामा चितवनका लामिछानेको निधन


प्रकाशित मिति : जेष्ठ ३, २०७७ शनिबार

अमेरिकाको मेरिल्याण्ड राज्य स्थित क्रफ्टन सिटीमा एक नेपाली युवाको असामयिक निधन भएको छ । नेपालमा पुर्ख्यौली घर पर्बत भएपनि हाल चितवनमा घर भएका र केहि बर्षदेखि अमेरिकाको क्रफ्टनमा बसोबास गर्दै आएका युवा बैकुण्ठ लामिछानेको निधन भएको एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा सोहि समुदायका निवासी कृष्णजीवि पन्तले बताउनु भयो।

लामिछानेको मृगौला र कलेजोसंग सम्बन्धि रोगका कारण निधन भएको बुझिएको छ । उनि दुई महिना अगाडी मात्र नेपालमा गएर परिवार भेटेर आएका थिए । डेढ महिना नेपाल बसेर आएका लामिछाने तीन हप्ता अगाडी अचानक बिरामी परेका थिए । एक हप्ता अस्पताल बसेर घर आएका लामिछाने अर्को हप्ता फेरी अस्पताल गए तर फर्केर आउन पाएनन । डाक्टरले कलेजोको जन्डिस भनेर भनेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

बिरामी भएपनि कोरोनाका कारण अस्पताल भिडभाड भएको र आफै पनि सामान्य जस्तै मानेर बस्दा यो असामयिक निधन भएको हुनसक्ने साथीभाईहरुले बताएका छन् । उनलाई कोरोना भने भएको होइन ।

बिहिबार बिहान मृत घोषणा गरिएका लामिछानेको शुक्रबार दिउसो दाह संस्कार गरिएको क्रफ्टनका बासिन्दा, सामाजिक अभियन्ता तथा एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले जानकारी दिनुभयो । त्रिपाठीले “एक असल छिमेकी र समाजको सक्रिय युवा गुमाउदा पीडा बोध भएको बताउनु भयो । मेरिल्याण्डका स्टेट डेलिगेट ह्यारी भण्डारीको बिशेष पहलमा आज नै निशुल्क दाहसंस्कार हुन सकेकोमा क्रफ्टनबासिले भण्डारीलाई धन्यवाद दिएका छन् । निधन भएका लामिछानेकी एक श्रीमती र एक छोरी रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेप्लिज डायस्पोराबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com