दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्ने : ओली–प्रचण्डको प्रतिबद्धता


प्रकाशित मिति : जेष्ठ ३, २०७७ शनिबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्ने बताउनु भएको छ ।

शनिबार २७औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाठको सन्दर्भमा वक्तव्य जारी गर्दै अध्यक्षद्धयले उक्त कुरा बताउनु भएको हो ।

अध्यक्षद्धयले जननेता भण्डारी एक स्वतन्त्र सर्वेक्षणका आधारमा नेपालका बीसौं शताब्दीकै सर्वाधिक लोकप्रिय नेताका रूपमा स्थापित भएको उल्लेख गर्दै अध्यक्षद्धयले भण्डारीले नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासमा विशेष योगदान गरेको बताउनुभएको छ ।

अध्यक्षद्धयले जननेता भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, देशभक्तिपूर्ण अभियानका प्रखर संवाहक र लोकतान्त्रिक आन्दोलनका अग्रज नेता भएको उल्लेख गर्नुभएको छ ।

जारी वक्तव्यमा भनिएको छ, ‘सिद्धान्तका निम्ति जीवन होइन, जीवनका निम्ति सिद्धान्त हुनुपर्ने मान्यता राख्नुहुने कमरेड मदन भण्डारीले नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासमा विशेष योगदान गर्नुभएको छ । नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर समकालीन कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान पुर्‍याउनुभएको छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com