अमेरिका आएको केहीसमयमै मेरो ग्रिनकार्ड आयो तर सोसल सेक्युरिटी नम्बर किन आएन ?


प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार

कतै सोसल सेक्युरिटी नम्बर नआउँदा सरकारी सुविधाबाट वा काम गर्नबाट बञ्चित हुनुभएको त छैन ? तपाईले यदि भिसा फर्म भर्दा सोसल सेक्युरिटी नम्बर अनुरोध गर्नुभएको थिएन भने तपाईले सोसल सेक्युरिटी अफिसमा गएर आवेदन दिनुपर्छ । यदि अनुरोध गर्नुभएको थियो तर सोसल सेक्युरिटी नम्बर पाउनुभएको छैन भने तुरुन्त युएससीआईएसमा सम्पर्क गर्नुहोला ।

तपाईको आप्रवासी भिसाको आधारमा संयुक्त राज्य अमेरिकामा प्रवेश पाए पछि तपाई अमेरिकाको स्थायी बासिन्दा हुनुहुन्छ । प्रत्येक स्थायी बासिन्दाहरूलाई एक सामाजिक सुरक्षा नम्बर चाहिन्छ। यो नम्बरले संयुक्त राज्यमा काम गर्न, बैंक वा वित्तीय संस्थासँग कारोबार गर्न, तपाईंको कर तिर्न वा कर फिर्ताको निर्भरताको रूपमा सूचीबद्ध गर्न र अन्य उद्देश्यहरूको लागि मद्दत गर्दछ।

यदि तपाईंले आफ्नो भिसा आवेदन दिंदा अमेरिकी विदेश मन्त्रालय अन्तरगत फारम डीएस २३० वा डीएस २६० भर्दा सोसल सेक्युरिटी नम्बर कार्ड अनुरोध गर्नुभएको थियो भने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सामाजिक सुरक्षा प्रशासनलाई तपाईका लागि सोसल सेक्युरिटी कार्ड जारी गर्न आवश्यक जानकारी प्रदान गर्छ । यस्तो अवस्थामा तपार्इले सोसल सेक्युरिटी नम्बर भएको कार्ड प्राप्त गर्न छुट्टै विशेष आवेदन भर्न वा सामाजिक सुरक्षा अफिसमा जानु आवश्यक पर्दैन।

सामाजिक सुरक्षा प्रशासनले तपाईंका लागि सोसल सेक्युरिटी नम्बर तोक्नेछ । र तपाईंलाई अमेरिका आइपुगे पछि उक्त नम्बरसहितको एक सामाजिक सुरक्षा कार्ड पठाउनेछ । यदि तपाईंसँग पहिले नै सोसल सेक्युरिटी नम्बर छ भने तपाईंलाई सोही नम्बरकै नयाँ कार्ड पठाइनेछ । जुन ठेगनामा तपाईको ग्रिनकार्ड पठाइन्छ त्यही हुलाक ठेगनामा तपार्इको सोसल सेक्युरिटी कार्ड पठाइनेछ । तपाई अमेरिका आएको तीनसाताभित्र तपाईले कार्ड प्राप्त गर्नुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाईले तपाईको भिसा आवेदन दिने बेलामा सोसल सेक्युरिटी नम्बरका लागि अनुरोध गर्नुभएको थिएन भने तपाई कार्डका लागि आवेदन दिन सोसल सेक्युरिटी अफिसमा जानुपर्छ । जब तपाईंसँग आफ्नो स्थायी ठेगाना हुन्छ, त्यसपछि तपाई स्थानीय सोसल सेक्युरिटी अफिसमा गएर आवेदन दिनुपर्छ ।

तपाई सोसल सेक्युरिटी कार्डका लागि आवेदन दिन जाँदा मेसिनले पढ्ने आप्रवास िभिसासहितको आफ्नो पासपोर्ट वा ग्रिनकार्ड साथमै लैजानुहोला । त्यस्तै आफ्नो जन्मदर्ता प्रमाणपत्र र परिवारका हरेक सदस्यको जन्मदर्ता प्रमाणपत्र पनि सँगै लैजानुहोला । यदि कार्ड रिप्लेसका लागि मात्र आवेदन दिन लाग्नुभएको हो भने तपाईले मेसिनले पढ्ने आप्रवास िभिसासहितको पासपोर्ट वा ग्रिनकार्डमात्र लगेपनि हुन्छ ।

सामाजिक सुरक्षा प्रतिनिधिले तपाईंलाई आवेदन भर्न मद्दत गर्दछन्। आवेदन प्रकृयाका लागि सबै कागजात भएको खण्डमा तपाईंको कार्ड २ हप्तामा प्राप्त हुनेछ । यदि कुनै कागजात थप प्रमाणित गर्न आवश्यक परेमा यो भन्दा लामो समय पनि लाग्नसक्छ ।

श्रोत :  सोसल सेक्युरिटी एड्मीनिस्ट्रेशन

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com