परिवारका एकजनाभन्दा धेरैको भिसा थपको आवेदन अनलाइनबाट महँगो, कागजी आवेदन सस्तो


प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार

अमेरिकाका विभिन्न गैरआप्रवासी भिसामा आउनुभएको छ र कोरोनाको महामारीका कारण फर्कन नसक्दा भिसामा आई ९४ को अवधि समाप्त हुन लागेको छ भने तपाईले भिसा थपका लागि आवेदन दिन आवश्यक छ । तर भिसा आवेदन दिनुपर्ने व्यक्ति परिवारमा एकजनाभन्दा धेरै भएको खण्डमा भने तपाईले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

आवेदन दिने टिप्सहरु यहाँ पनि हेर्न सक्नुहुनेछ ।

यदि भिजिटर लगायत गैरआप्रवासी भिसाको अवधि थपका लागि आवेदन दिनुपर्ने व्यक्ति एकजना भन्दा धेरै भएमा अर्थात् सहआवेदक समेत भएको खण्डमा तपाईले कागजी फर्म भरेर हुलाकमार्फत पठाएर आवेदन दिएमा सस्तो पर्नेछ । अर्थात् तपाईले एउटै शुल्कमा परिवारका सबै सदस्यहरुको भिसा थपको आवेदन दिनसक्नुहुनेछ ।

तर यदि तपाईले अनलाइनमार्फत आवेदन दिनुभएको खण्डमा परिवारका सदस्यहरुको आवेदन पनि एउटै शुल्कमा प्रकृयामा जाँदैन । तपाईले हरेक व्यक्तिको फरक फरक आवेदन र फरक फरक शुल्क तिर्नुपर्ने हुन्छ ।

भिसा थपको आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोला ।

अर्थात् भिसा थप्नुपर्ने व्यक्ति परिवारका धेरैजना भएतापनि तपाईले अनलाइनबाट आवेदन त दिन सक्नुहुन्छ तर हरेकका लागि ३७० डलर आवेदन शुल्क र ८५ डलर बायोमेट्रिक शुल्क तिनुपर्छ । कागजी रुपमा फाइल गर्दा एउटै शुल्कले धेरैका सहआवेदकका लागि भिसा थप्न आवेदन दिनसकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उदाहरणका लागि यदि तपाई परिवारका तीनजनाको भिसा थपको आवेदन दिनुहुँदैछ भने अनलाइनमार्फत दिंदा हरेकका लागि ३७० आवेदन शुल्क र ८५ डलर बायोमेट्रिक शुल्कसहित १३६५ डलर तिर्नुपर्छ । तर कागजी फाइल गर्दा आवेदन शुल्क एउटामात्र तिरे पुग्छ भने बायोमेट्रिक शुल्क मुख्य आवेदक र सहआवेदकसहित सबैको तिनुपर्छ । अर्थात् तीनजनाको फाइल गर्दा ६२५ डलर तिरे पुग्छ ।

अनलाइनबाट भिसा थप्नका लागि आवेदन दिंदा आवेदक एउटैमात्र हुनुपर्छ भने तपाईलाई कानुनी प्रतिनिधिराख्ने आवश्यकता समेत हुँदैन । यदि परिवारको रुपमा फाइल गर्नुपरेमा फर्म आई ५३९ प्रयोग गर्नुहोला । र एउटैमात्र शुल्क तिर्नुहोला । फर्ममा उल्लेखित सबै विवरण भरेपछि हस्ताक्षर गर्न नभुल्नुहोला । त्यसपछि उचित ठेगानामा पठाउनुहोला ।

अनलाइनमार्फत आवेदन दिनका लागि तपाईले अनलाइन एकाउन्ट बनाउनुपर्छ । शुल्क पनि अनलाइनबाटै तिर्न सक्नुहुनेछ ।

श्रोत : युएससीआईएस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com