केपी ओलीको गीतमा शिशिर योगीको संगीत, लकडाउन पछि घन्किने…..


प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार

१ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो । सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी थिइन् । र, पढेर प्रतिक्रिया दिन आग्रह गरेकी थिइन् ।

कविताको शीर्षक थियो, ‘अब आँसु खसाउनु पर्दैन’ ।
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन

सर्जकको दृष्टिबाट योगीलाई कविता राम्रो लाग्यो । तुरुन्तै उनले सांसद न्यौपानेसँग कवितालाई गीत बनाउन आग्रह गरे । र, पहिलो पंक्ति गुनगुनाएर सुनाए पनि ।

योगीलाई त्यसको केही दिनपछि कवितालाई गीत बनाउने प्रस्ताव आयो ।अनि चार दिन लगाएर कवितालाई संगीतको लयमा ढाले । रेकर्डिङ भने लकडाउन खुलेपछि मात्र गर्ने तयारीमा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कवितामा प्रधानमन्त्रीको देशभक्ति पोखिएको योगी बताउँछन् । त्यसमा संगीत भरेर उनले प्रधानमन्त्रीलाई सुनाइसकेका छन् । र, प्रधानमन्त्रीले आफूलाई अझ ऊर्जाशील बनाएको प्रतिक्रिया दिएको योगी बताउँछन् ।

त्यसलगत्तै प्रधानमन्त्री ओलीको अर्को कवितामा पनि संगीत दिँदै छन् योगीले । उनका अनुसार मिर्गौला प्रत्यारोपणको चौथो दिन सिसियूमा
रहेकै वेला प्रधानमन्त्री ओलीले उक्त कविता रचना गरेका थिए

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com