आगामी बजेटमा रेल र जलमार्ग निर्माणमा तिब्रता दिइने, फाष्ट ट्रयाक प्राथमिकतामा : अर्थमन्त्री खतिवडा


प्रकाशित मिति : बैशाख २८, २०७७ आईतबार

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटमा हाल संचालनमा रहेका रुपान्तरणकारी आयोजना र कार्यक्रमहरुलाई कार्यान्वयनका लागि साधनहरु कमी हुने नदिने बताउनु भएको छ ।

आगामी बजेटका प्राथमकिता र सिद्धान्तहरु सार्वजनिक गर्दै उहाले बजेटमा सडक निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । आइतबार दुबै सदनमा सम्वोधन गर्दै खतिवडाले द्रुतमार्ग मार्ग, व्यापारिक मार्ग, उच्च गतियुक्त राजमार्ग, रणनीति र स्थानीय तहको केन्द्र जोड्ने तथा शाखा सडकहरुलाई आवश्यक स्रोत व्यवस्थापन गरिने बताउनुभयो ।

उहाँका अनुसार बजेटमा सुरुङमार्ग, रेलमार्ग, जलमार्ग कार्यान्वयनलाई तिव्रता दिइने छ। शहरी क्षेत्रमा विद्यमान सवारी चापलाई व्यवस्थित गरि सुविधाजनक परिवहन सेवा उपलब्ध गराउन सार्वजनिक यातायात संचालनलाई प्राथमिकतामा राखिने छ। सुरक्षित आवास, महत्वपुर्ण सार्वजनिक भवन र अन्य शहरी पुर्वाधार निर्माण तथा विकास जोड दिइनेछ।

भुकम्पपछिको पुन निर्माणका अधिकांश आयोजनाहरु आगामी बर्ष पुरा गरिनेछ। निर्धारित समय र लागतमा आयोजनाहरु सक्नका लागि नीति तर्जुमा र अनुगमनलाई तिव्रता दिइनेछ। त्यसै गरि हाल संचालनमा रहेका र १५औं योजनामा रहेका कतिपय आयोजना पुनस् प्राथमिकतामा राखिनेछ। नदी पथान्तरण तथा नदी नियन्त्रणका आयोजनाहरुलाई पनि प्राथमिकतामा राखिएको खतिवडाले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com