कोरोनाको महामारी सुरु भएयता अमेरिकामा कम्तीमा १६ नेपालीको मृत्यु


प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार

कोरोनाको महामारी सुरु भएयता मार्चको तेश्रो सातादेखि अमेरिकामा कम्तीमा १६ नेपालीको मृत्यु भएको छ । हिजो न्युयोर्कमा पेम्बा रिन्जी लामाको मृत्यु भएपछि मृतकको संख्या १६ पुगेको हो । ५२ बर्षिय लामाको उपचारका क्रममा न्युयोर्कको माउण्ट साइनाई अस्पतालमा मृत्यु भएको हो ।

निकट व्यक्ति लाक्पा शेर्पाले दिएको जानकारी अनुसार न्युयोर्कमा बस्दै आएका लामा माउण्ट साइनाई अस्पतालमा केहीदिनदेखि उपचारत थिए । लामाको मृत्युसँगै न्युयोर्कमा कोरोनाको महामारी सुरु भएयता ज्यान गुमाउने नेपालीहरुको संख्या ११ पुगेको छ ।

मार्चको तेश्रो साता न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा अनिल लिम्बुको मृत्यु कोरोना संक्रमणका कारण न्युयोर्कमा नेपालीको पहिलो मृत्यु थियो । त्यसपछि थोक्मे बिष्ट, अजय छोंचु, निमा शेर्पा, सोनाम लामा, बिष्णु राई, राजकुमार थापा, पवन मल्ल, महेश अमात्य र होम कुमारी रानाको मृत्यु भएको थियो ।

सबैको मृत्यु कोरोना संक्रमणका कारण नभएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाको महामारी सुरु भएयता अमेरिकाको भर्जिनियामा २, कोलोराडोमा २ र न्युजर्सीमा एकजनाको मृत्यु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com