बेलायतमा कोरोनाले ४४ नेपालीको मृत्यु, कोरोना पुष्टी हुनेबाहेक २५ नेपालीको मृत्यु


प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार

लण्डनस्थित नेपाली दूतावासले हालसम्म बेलायतमा ४४ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टी गरेको छ ।

यसअघि एनआरएनए यूकेले कोरोनाबाट मृत्यु हुने ५० नेपाली रहेको बताएपनि दूतावासले आफ्नो स्रोतबाट पुष्टी हुने विहीबारसम्म ४४ रहेको बताएको छ ।

दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार मृत्यु हुनेमध्ये अधिकांश वृद्धावस्था र अन्य गम्भीर स्वास्थ्य अवस्थाका छन् । त्यस्तै, मृतकहरुमध्ये दुई तिहाईभन्दा बढी भूतपूर्व गोर्खा र उनीहरुका परिवारका सदस्यहरु छन् ।

कोरोना महामारी शुरु भएयता बेलायतमा कोरोना पुष्टी हुनेबाहेक अन्य २५ जना नेपालीको मृत्यु भएको दूतावासको भनाइ छ । जसमध्ये ८५ प्रतिशत भूतपूर्व गोर्खा परिवारकै छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुमध्ये १५ जनाको अन्य कारणबाट मृत्यु भएको भएपनि १० जनामा कोरोनाको संक्रमण हो वा होइन भन्ने खुल्न बाँकी छ ।

प्रवक्ता आरनले मृतकका परिवारले आफ्नो प्रियजनको मृत्युको कारण खुलाउन नचाहेका कारण पूर्ण तथ्यांक संकलनमा कठिनाई भएको बताएका छन् ।

दूतावासको जानकारीमा बेलायतमा कोरोनाको संक्रमण भएका धेरै नेपालीहरु अहिले रिकभर भइसकेका छन् ।

अझै पनि संक्रमित नेपालीहरुमध्ये करिब २० जना उपचारका क्रममा अस्पतालमै छन् । नयाँ संक्रमण हुनेहरुको संख्या न्युन छ ।

नेपाली लिङ्क

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com