ट्रम्पको आगामी निशानामा अन्तर्राष्ट्रिय विद्यार्थी, ओपीटीमा कडाईको तयारी


प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार

ट्रम्प प्रशासनले आगामी निशाना अमेरिकामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई बनाउने तयारी गरेको छ । पढाईसकेपछि अमेरिकामा ओपीटीमा काम गर्न चाहने विद्यार्थीहरुका लागि कडाई गर्ने योजनामा ट्रम्प प्रशासन रहेको छ ।

गत अप्रिल २२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिन आप्रवासन रोक्ने आदेश जारी गर्दा गैरआप्रवासी भिसा वाहकका सन्दर्भमा ३० दिनभित्र पुनरावलोकन गरेर सिफारिस गर्न आफ्नो प्रशासनलाई आदेश दिएका थिए । मे महिनाभरमा ट्रम्पले गैरआप्रवासी भिसाका सन्दर्भमा कडाईका सन्दर्भमा नयाँ नियम घोषणा गर्नसक्ने जनाइएको छ ।

गत अप्रिल २७ मा होमल्याण्ड सेक्युरिटीका उच्च अधिकारी चाड उल्फले ट्रम्प प्रशासनको आगामी निशाना ओपीटी कार्यक्रम हुनसक्नेतर्फ संकेत गरेका थिए । केही भिसा कार्यक्रमहरु विगतमा दुरुपयोग गरिएको र ओपीटी कार्यक्रम कैयन चिनिया विद्यार्थीहरुले उपयोग गरिरहेकाले यसबारे डिपार्टमेन्टले प्राथमिकताका साथ हेरिरहेको उनले बताएका थिए ।

अहिले ट्रम्प प्रशासनका अध्यागमन नीतिका मुख्य योजनाकार स्टेफन मिलर तिनै व्यक्ति हुन् जसले विगतमा सिनेटरहरु जेफ सेसन र टेड क्रुजलाई ओपीटी कार्यक्रम खारेज गर्ने बिलको ड्राफ्ट बनाउन सहयोग गरेका थिए । उक्त बिलमा ओपीटी कार्यक्रम खारेजीमात्र होइन, अमेरिकामा उच्च शिक्षा लिएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई कम्तीमा १० बर्ष विदेशमा काम नगरेसम्म अमेरिकामा कामका लागि निषेध गर्ने विषय उल्लेख रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पको कार्यकालको अवधिमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको स्टीम ओपीटी सहित ओपीटी कार्यक्रमको खारेजी वा कडाई नियमक एजेण्डा रहदै आएको छ । ओपीटीले पढाईसकिएपछि अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई १२ महिना कामगर्न अनुमति प्रदान गर्छ भने स्टीम ओपीटी अन्तरगत थप २४ महिना काम गर्न सकिने प्रावधान रहेको छ ।

ट्रम्प प्रशासनले यसअगाडि अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसामा प्रदान गरिदै आएको डीएस स्टाटस खारेज गर्ने विषयमा प्रस्ताव ल्याउने योजना बनाइसकेको छ । यद्यपी ट्रम्प प्रशासनका लागि ओपीटीमा कडाई गर्न वा खारेजीका लागि चुनौतीको भने सामना गर्नुपर्ने देखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com