डेलिगेट भण्डारीको पहलमा न्युयोर्कका ५ नेपालीको शव समयमै र सस्तोमा दाहसंस्कार


प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार

मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने नेपाली मुलका ह्यारी भण्डारीको पहलमा न्युयोर्कमा ५ जना नेपालीको शव समयमै र सस्तोमा दाहसंस्कार सम्भव भएको छ । शव दाहसंस्कारका लागि पालो पाउन समेत मुस्किल रहेको र शुल्क समेत चर्को लिने गरेको अवस्थामा भण्डारीको पहलमा सस्तो शुल्कमा दाहसंस्कार सम्भव भएको छ ।

न्युयोर्कमा ज्यान गुमाएका अनिल लिम्बु, निमा शेर्पा र अजय छोंचुको शव भण्डारीको पहलमा फस्ट एभिन्यु फ्युनेरलमा भारी डिस्काउन्टमा दाहसंस्कारको व्यवस्था सम्भव भएको छ । भण्डारीको पहलमा झण्डै ५० प्रतिशत छुटमा दाहसंस्कार संभव भएको छ । उहाँहरुको दाहसंस्कार झण्डै १२ डलरदेखि देखि १४ सय डलरको खर्चमा गराउन सकिएको भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै बिष्णु कुमार राई र पवन मल्लको शव पनि भण्डारीकै पहलमा न्युजर्सीको रुबी मेमोरियल फ्युनेरल एण्ड क्रिमेशन सर्भिसमा समयमै र भारी छुटमा सम्पन्न भएको छ । भण्डारीले पहल गरेका कारण हरेकको दाहसंस्कारमा १३९६ डलर छुट गरिएको थियो । दाहसंस्कारका लागि एकजनाको १५ सय डलरको दरले शुल्क लागेकोमा उक्त शुल्क पनि भण्डारीकै पहलमा बाल्टिमोरको गैर नाफामुलक संस्थाले बेहोरेको छ । प्रकाश शरदको गैरनाफामुलक संस्था फ्रेण्डस अफ स्पार्चले दाहसंस्कारको शुल्क बेहोरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै राजकुमार थापाको दाहसंस्कारका परिवारका सदस्यहरुलाई सम्पर्कमा ल्याउनेदेखि उचित तरिकाले दाहसंस्कार गर्नेमा भण्डारीले सहयोग गर्नुभएको थियो । उहाँको सहयोगमा थापाका क्यालिफोर्नियामा रहेका परिवारका निकट सदस्यहरुले अस्तुसमेत प्राप्त गरिसकेका छन् ।

डेलिगेट भण्डारीकै मुख्य पहलका कारण बिष्णुकुमार राईको शव बेवारिसे भएर सामुहिक चिहानमा जानबाट रोकिएको थियो । राईका परिवारका सदस्यहरु कोहीपनि अमेरिकामा नभएका कारण र नेपालमा समेत नजिकको नातेदारमा भान्जीमात्र रहेकाले झण्डै तीनसातासम्म शव दावी हुन सकेको थिएन । तरपछि न्युयोर्कका सामाजिक व्यक्तित्व केशवराम राई लगायतको पहलमा परिवारका सदस्यहरुलाई सम्पर्कमा ल्याएर सम्मानपूर्वक राईको दाहसंस्कार गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com