अमेरिकामा कोरोनाले चुडेको पहिलो नेपाली महिला : रत्नावती खनाल


प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार

– डा.गोबिन्द रावत

गत नोभेम्बरदेखि चीनबाट शुरु भएको घातक कोरोना संक्रमण रोग (कोभिड १९) को  खुलासा गर्ने युहानका डाक्टरको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो । उनले गत डिसेम्बरमा सार्सजस्तै खतरनाक रोग आउन लागेको भन्दै सर्वसाधारणहरुलाई चेतावनी दिएका थिए । कोरोनाका कारण मर्ने पहलो व्यक्ती युहान शहरका ६१ वर्षीय पुरुष थिए । उनको मृत्यु मार्च ११ मा भएको थियो  ।

यो कोरोना संक्रमण रोगबाट अमेरिकामा मर्ने पहिलो व्यक्ती वासिंटन राज्यको किङ काउन्टीका ७० वर्षीय पुरुष थिए । तर कोरोना भाइरसबाट ज्यान गुमाउने पहिलो अमेरिकन नागरिकको निधन चाहीँ चीनमा नै भएको थियो । अमेरिकामा कोरोनाको प्रकोप बढ्दै गएपछि नेपालीहरुको बाहुल्यता रहेको न्युयोर्क शहरमा पहिलो नेपाली ५० वर्षीय अनिल लिम्बुको देहावसानको खबरले अमेरिकाली नेपाली समाजलाई स्तब्ध पारीदिएको थियो ।

कोभिड १९ रोगको प्रकोप बढ्दै गएपछि अहिलेसम्म अमेरिकामा १५ जना नेपाली (दुईजना भुटानी नेपालीसहित ),  बेलायतमा २५ जना, पोर्चुगलमा एक, आयरल्याण्डमा एक, नेदरल्याण्डमा एकजनाको देहवसान भएको छ ।  यसरी कोरोनाका कारण मर्नेहरुमा पहिलो नेपाली महिला कोलोराडो, अमेरिकाकी रत्नावती खनालको देहावसान अप्रेल १६ मा भएको थियो । त्यसपछि नेदरल्याण्डकी ४० वर्षीय लक्ष्मी भट्टचनको मृत्यु अप्रेल १९ मा भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काठमाडौं, असनका रैथाने रामभण्डारी माईत र लाजिम्पाट, नीलसरस्वती थानमा घर भएकी रत्नावती खनालको देहवसान अप्रेल १६मा कोरोनाका कारण भएको थियो । ७८ वर्षीय रत्नावती २०१५ डिसेम्बर २० देखि अमेरिकाको कोलोराडोमा काञ्छी छोरी कुसुम भट्टराईको परिवारसँग बस्दै आउनु भएको थियो ।

दुई छोरीकी आमा रत्नावतीले सानैदेखि जीवनमा संघर्ष गर्दै आउनु भएको थियो । काञ्छी छोरी एक वर्षको हुँदा श्रीमान गुमाउनु परेको पीडालाई लिएर उनले एक्लो आमा बनेर अन्नपुर्ण होटलमा काम गर्दै दुई छोरीहरुलाई राम्रो शिक्षासँगै संस्कार र व्यवहार सिकाउनु भयो । वहाँ आफ्नो अन्तिम अवस्थासम्म पनि सक्षम भएर आफ्नो काम आफै गर्दै रहनु भयो ।

छोरी कुसुमका अनुसार अप्रेलको शुरुमा खोकी लागेकोले उनको ज्वरो नाप्दा ९९ मात्र देखिएकोले घरमा नै तातो दूधमा बेसार, मरिच, ल्वाङ मिलाएर दिएपछि खोकी निको भएको थियो । छोरीलाई चाहीँ सञ्चो नभएको र डाक्टरले ईन्फ्लुन्जा भएको शंका गरेको थियो ।  तर अप्रेल ६ मा छोरीलाई कोरोना पोजेटिभ देखिएपछि उनी आईसोलेसनमा बस्न थालिन । त्यहीँ राती रत्नावतीले आफुलाई रिङ्टा लागेको, मुटु पोल्ने र कमजोरी भएको भनेपछि उनलाई अस्पताल लगियो ।

कहिल्यै गनगन नगर्ने र झिजो नमान्ने रत्नावतीले त्यसरात भने एकदमै आत्तिएको देखेपछि तुरन्तै अस्पताल  लगियो । अस्पताल पुग्नासाथ डाक्टरले उनलाई भेन्टिलेटरमा राख्यो । अस्पतालमा राखेको तीन दिनपछि डाक्टरले उनको अवस्था नराम्रो रहेको जानकारी दिएपछि हामी स्पब्ध भयौं । त्यसबेला छोरी कुसुम पनि विरामी भएर घरमा आराम गर्दै थिईन ।

एकातिर आमा र अर्कोतिर छोरी बिरामी भएको देखेर परिवारजन आत्तिए ।  अब के गर्ने भन्ने बारे घरमा छलफल हुन थाल्यो । रत्नावतीको बैनी दिव्यावती अधिकारी पनि कोलोराडोमा नै बस्नु हुन्छ । डाक्टरले भेन्टिलेटर हटाउने कुरा गरेपछि उनका नाती र नातिनीले केही दिन हेरौं भन्न थाले । घरमा आमा र अस्पतालमा हजुरआमा अनि संक्रमण रोगको प्रकोपले गर्दा डर लाग्न थाल्यो । डाक्टरले जवाफ दिई सकेपछि परिवारलाई सत्य मान्नै गाह्रो भएको थियो ।

घरमा  छोरी कुसुम  कोरोनाको लक्षण नदेखिए पछि कोरन्टाईनमा बेग्लै बस्दै आएकी थिईन । तर अचानक आमालाई अस्पतालमा पु¥याएपछि  अवस्था चिन्ताजनक भएको  कसरी भन्नेमा नाती–नतिनीहरु चिन्तित थिए । हजुरआमालाई केही दिन अझै भेन्टिलेटर राख्न भनेर परिवार एउटा झिनो आस लिएर बसेका थिए । नियतिले लेखेको कसैले मेटेर मेटिन सक्दैन र अन्ततः अप्रेल १६ का दिन उनलाई भेन्टिलेरबाट निकाल्नु पर्यो ।

आमाको देहवसानको केही दिनपछि अस्पतालबाट आमाको पार्थिक शरीरमा छोरी कुसुम र जुवाइ शुसिल भट्टराईले अन्तिम श्रद्धाञ्जलीसहीत अन्त्यष्टी गरेर आमाको अस्तुलाई नजिकको खोलामा विसर्जन गरे भने जेठी छोरी सोनी र काकाले हिन्दु धर्मपरम्परा अनुसार नियमानुरुप काजक्रिया सबै नेपालमा नै गरे ।

सानैदेखि नै धर्ममा आस्था राख्दै दैनिक पूजाआजामा विश्वास राख्ने रत्नावतीले  कृपालु महाप्रभुप्रति आस्था राखेर राधे राधेसँग आबद्ध हुनु हुन्थ्यो । छोरीहरुलाई पनि धर्मप्रति आस्था जगाएर अमेरिकामा पनि प्रत्येक महिनामा दुईपटक घरमा सत्सङ्ग कार्यक्रमको आयोजना गर्दै आउनु भएको थियो । कोलोराडोमा पनि धर्मप्रति आस्था राख्नेहरुका बीच परिचित रत्नावतीको राधे राधे सत्सङ्ग कार्यक्रमले निरन्तरता पाउँदै गएको थियो । वहाँको देहवसानको खबरले कोरोराडो नेपाली समुदायलाई स्तब्ध पारीदिएको छ ।

अन्त्यमा शोक सन्तप्त परिवारजनमा अहिरो संवेदनासहीत हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com