पूर्ण लोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पुर्‍याएको योगदानको उच्च सम्मान गर्दछु : राष्ट्रपति


प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १), २०२० को अवसरमा ‘स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् श्रमअधिकार सुनिश्चितताको लागि शुभकामना’ व्यक्त गर्नुभएकाे छ ।

‘यस अवसरमा मुलुकमा पूर्ण लोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पुर्‍याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान गर्दछु,’ उहाँले भन्नुभएकाे छ । श्रमिकहरूको हक अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’ मनाउने गर्दै उहाँले यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा राख्नुभएकाे छ ।

‘नेपालको संविधानले संपूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ,’ राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएकाे छ, ‘सोहीअनुरुप नेपाल सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगारहरूका लागि कम्तीमा सयदिनको रोजगारी प्रदान गर्नुका साथै श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मार्फत श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गरेको छ ।

कृषि क्षेत्रको श्रमलाई उच्च सम्मान गर्दै औपचारिक र अनौपचारिक सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बद्ध पक्षले ध्यान पुर्‍याउने अपेक्षा लिएको छु ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुलुकमा न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा यसबाट श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास उहाँले लिनुभएकाे छ ।

साथै आज कोरोनाभाइरस (कोभिड-१९) को विश्वव्यापी महामारीका कारण इतिहासकै कठिन मोडमा मानव जाति उभिनुपरेकाे भन्दै उहाँले यस विषम परिस्थितिमा धैर्य र संयमताका साथै एकताबद्ध भएर यस महामारी विरूद्धको लडाइँमा विजय हासिल गर्न सकिने बताउनुभएकाे छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com