अमेरिकाबाट नेपाल फर्कन चाहने ३ सय बढी, विभिन्न भिसामा आएर अड्किएका अधिकांश (भिडियोसहित)


प्रकाशित मिति : बैशाख १४, २०७७ आईतबार

कोरोना भाइरस अर्थात कोभिड १९ का कारण बिभिन्नि भिषामा अमेरिका आई यहीँ रोकिएका नेपालीहरुले स्वेदश फर्किन पाउँ भनि सरकारसंग आग्रह गरिरहेका छन् । यसरी भाइरस संक्रमणका कारण महिनौंदेखी अमेरिकामै रोकिएका नेपाली नागरिकहरुको संख्या ३ बढी रहेको बताइएको छ ।

पोखरामा प्रधान कार्यलय रहेको बतास अर्गनाइजेशनले नेपाल फर्किनुपर्ने बाध्यता भएका नेपालीहरुको बिवरण संकलन गरिरहेको छ । बतास अर्गनाइजेशनका कार्यकारी निर्देशक शान्ताराज बसातले नेपाल सरकारसंग आफुहरुलाई नेपाल फर्काउन सरकारसंग आग्रह गरेका छन् ।

उनले भने, हामी हाम्रै खर्चमा जान्छौं अनि नेपाल पुगेर क्वारेन्टाइनमा बस्छौं, त्यो खर्च पनि आफै बेर्होछौं, नेपाल सरकारलाई आर्थिक भार पार्दैनौं, मात्रै सरकारले वातावरण बनाओस । उनले अमेरिकामा रहेको राजदूतावास तथा नेपाल सरकारका प्रतिनिधिहरुसंग आग्रह गरिरहेको जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिभिन्न भिषामा अमेरिका रोकिएका नेपाली नागरिकहरुले नेपाल सरकारसंग खर्च सकिएको, औषधी सकिन थालेको, परिवारको रेखदेख गर्नुपर्ने बाध्यता रहेको लगायतका समस्या देखाईरहेका छन् । उनिहरुले आवश्यक सबै प्रकृया पुरा गर्न आफुहरु तयार रहेको भन्दै देश फर्किन पाउनुपर्ने माग राखेका छन् । बतास अर्गनाइजेशनले नेपाल लगायतका देशहरुबाट नेपाल फर्किन इच्छुक भएका नेपालीहरुको समेत बिवरण संकलन गरिरहेको छ ।

बतास अर्गनाइजेशनका कार्यकारी निर्देशक शान्ताराज बतासको भिडियो हेर्नुस ।

बतास अर्गनाइजेशनले यो लिङकमा गएर आफ्नो बिवरण भर्नु भनेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com