कोरोना : विदेशमा १४ नेपालीको मृत्यु


प्रकाशित मिति : चैत्र ३०, २०७६ आईतबार

कोरोनाभाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा रहेका १४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको विवरणअनुसार बेलायत, अमेरिका र युएईमा गरी १४ नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको मृत्यु भएको हो ।

यस्तै ६ सय ७५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए । उनकाअनुसार अमेरिकामा ५०० बढी नेपाली संक्रमित भएका छन् भने बेलायतमा १०० बढी संक्रमित रहेका छन् ।

यस्तै स्पेनमा १८, जर्मनीमा ४, पोर्चुगलमा २२, अस्ट्रेलियामा ९, युएईमा १०, साउदी अरेबियामा ४, कुवेतमा ५, जापानमा १, मलेसियामा १ र हङकङमा १ जनामा संक्रमण पुष्टि भएको छ । अन्य देशमा पनि विवरण संकलनको क्रममा रहेको एनआरएनले जनाएको छ ।

एनआरएनएले विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारेको संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा भने हालसम्म ४४ सय २६ जनाको हाराहारीमा नमुना संकलन हुँदा १२ जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यसमा एक जना निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । यसैबीच एनआरएनएले आइतबरदेखि हेल्पलाइन सेवा सुरु गरेको छ ।

कोरोना भाइरस संक्रमणबाट विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीले सामना गरेको समस्याको सुनुवाइ गर्ने उद्देश्यले हेल्पलाइन सञ्चालन सुरु गरिएको हो । संघको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा सो सञ्चालन हुने एनआरएन अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

कोरोना महामारीका कारणले अलपत्र परेका वैदेशिक रोजगार, विद्यार्थी वा अन्य समस्यामा परेका नेपालीले हेल्पलाइनमा फोन गरेर आआफ्ना समस्या टिपाउन सक्नेछन् । ‌बिहान ६ देखि दिउँसो २ बजेसम्म ९८४१२८०००५ नम्बर, दिउँसो २ बजेदेखि राति १० बजे सम्म ९८०८३१२५५५ नम्बर र राति १० बजेदेखि बिहान ६ बजेसम्म ९८२३४५८२०४ मा फोन गर्न सकिनेछन् । यस्तै एनआरएनएको फेसबुक पेज र इमलेमार्फत पनि समस्या राख्न सकिने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com