कोरोना प्रभावित नेपालीलाई परामर्श र सहयोग गर्न चाहनेले भर्नुहोस् नेपाल सरकारको यो फर्म


प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार

कोरोनाबाट विभिन्न किसिमले प्रभावित नेपाली समुदायलाई परामर्श र सहयोगको आवश्यकता पर्ने भएकोले सहयोग गर्न चाहने विभिन्न पेशा व्यवसायीहरूलाई आफ्नो विवरण पेश गर्न न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासले आग्रह गरेको छ । नेपाली समुदायका विभिन्न विज्ञहरुको विवरण संकलन गरेर प्रभावितहरुलाई आवश्यकता अनुशार सहयोगका लागि सहजिकरण गर्न फर्मको व्यवस्था गरिएको कार्यवाहक महाबाणिज्यदूत पुष्पराज भट्टराईले जानकारी दिनुभयो ।

फर्म भर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

सहयोग गर्न चाहने कानुन व्यवसायी, सीपीए, विमा व्यवसायी, घरजग्गा व्यवसायी, मनोचिकित्सक, मनोविज्ञानबेत्ता, चिकित्सक, नेपाली भाषा अनुवादक लगायतलाई उक्त फर्म भर्न अनुरोध गरिएको छ । नाम, व्यवसाय, फोन नम्बर, इमेल र परामर्शको लागि उपलब्ध समय उल्लेख गरेर उक्त फर्म भर्न अनुरोध गरिएको छ ।

पुष्पराज भट्टराई

अमेरिकामा कोरोनाको महामारीका कारण कैयन नेपालीहरु प्रभावित भएका छन् । केही नेपालीहरुको मृत्यु भएको छ भने केही नेपाली सिकिस्त अवस्थामा उपचार भइरहेको छ । कैयन नेपालीहरुले कोरोनालाई जीतेर स्वास्थ्यलाभ समेत गरिरहेका छन् ।

अमेरिकामा रहेका नेपालीहरुका लागि नेपाली दूतावास वासिंटन डिसी र महावाािणज्यदूतावास न्युयोर्कले ४ वटा फोनलाइनहरु चौबीसै घण्टा खुल्ला राखेको छ । दूतावास र कन्सुलेटका नियमित कामकाजहरु बन्द भएपनि अत्यावश्यक कामकाजहरु भने लिन सकिने जनाइएको छ ।

यसैबीच नेपाल सरकारका तर्फबाट सहयोगका लागि अमेरिकामा कोरोना प्रभावित नेपालीले भर्नुपर्ने फर्म सार्वजनिक गरिएको छ । नेपाली महावाणिज्यदूतावास न्युयोर्कले अमेरिकामा रहेको नेपाली दूतावास, कन्सुलेट वा समुदायबाट सहयोग आवश्यक पर्ने कोरोना प्रभावितहरुलाई फर्म भर्न सुझाव दिएको छ ।

फर्म भर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

सबैभन्दा धेरैमा कोरोना संक्रमण पुष्टी भएका न्युयोर्क, न्युजर्सी, क्यालिफोर्निया लगायतका राज्यमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ । अझ त्यसमा पनि न्युयोर्कभित्र मुख्य प्रभावित क्वीन्स नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र हो । क्वीन्समा मात्र नेपालीका दर्जनौं रेष्टुरेण्ट र व्यवसायहरु संचालनमा रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com