चार्टड विमानमार्फत अमेरिका आएका सरोज खनालसहित नेपाली अमेरिकनबाट खुशी व्यक्त


प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार

चार्टड विमानमार्फत नेपालबाट अमेरिका आएका नेपाली अमेरिकनहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुले नेपालमा रहेका अमेरिकनहरुलाई विमान चार्टड गरेर अमेरिका ल्याउनमा पहल गर्ने अमेरिकी दूतावास काठमाडौंको खुलेर प्रशंसा गरेका छन् ।

नेपालमा रहेका कलाकार सरोज खनालले भने मेरो सबै परिवार अमेरिकामा छ । जेठो छोरा अमेरिकन आर्मीमा छ । सानो छोरा पढ्दैछ । म गत मार्च १९ मा अमेरिका आउन लागेको थिएँ तर लकडाउनले आउन सकिन । यस्तो बेलामा परिवारसँगै बस्न आवश्यक भएकाले म अमेरिका आएँ ।

त्यस्तै दोश्रो चार्टड फ्लाईमा अमेरिका आएकी अनुले भनिन् पहिलो चार्टड फ्लाइट मिस भयो । म जान पाइन । बच्चाहरु अमेरिकामा भएकाले म एकदमै तनावमा थिएँ । तर अहिले एकदमै खुशी छु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै चार्टड फ्लाइटमार्फत अमेरिका आएकी विजयाले भनिन् मेरो बालबच्चा र पूरै परिवार अमेरिकामा छ । अमेरिकाले विमान चार्टड गरेका कारणले नै मैले उनीहरुलाई भेट्न पाएँ । अमेरिकी दूतावासले यसका लागि सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छु । अमेरिकी दूतावासले गरेको काम अत्यन्तै प्रशंसनीय रहेको छ ।

नेपालमा रहेका आफ्ना ३ सय बढी अमेरिकन नागरिकलाई बोकेर उडेको चार्टड विमान हिजो अमेरिकाको वासिंटन डिसीमा अवतरण भएको हो ।


अमेरिकी सरकारकाले नेपालमा रहेका आफ्ना नागरिकलाई अमेरिका ल्याउनका लागि चार्टड गरेको यो दोश्रो विमान हो । यसअगाडि ३०२ जना अमेरिकनलाई बोकेर नेपालबाट चार्टड विमान अमेरिका आइसकेको छ । बाँकी रहेकाहरुलाई हिजो ल्याइएको हो ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासको पहलमा अमेरिकी विदेशमन्त्रालयले कतार एयरवेजको विमान चार्टड गरेको हो । उक्त विमान दोहा हुँदै अमेरिका आएको हो ।

अमेरिकी दूतावासले भनेको छ – ‘यो सबै नेपालस्थित अमेरिकी मिशनका सबै सदस्यहरूले अमेरिकन सिटिजन सर्भिसेजको लागि गरेको लगातार मेहेनत र नेपाल सरकारका विभिन्न निकायहरूको अत्यन्तै सकृय सहयोगको प्रतिफल हो। यस्ता संकटको घडीमा अमेरिकी नागरिकहरूको सकुशलता नेपालस्थित अमेरिकी मिशनको पहिलो प्राथमिकता हो।’

विमानमा नेपाली मुलका अमेरिकनहरु समेत रहेका थिए । चर्चित कलाकार सरोज खनाल पनि उक्त विमानमार्फत अमेरिका आएका हुन् । अमेरिका जाने योजना गर्दागर्दै उनी नेपालमा नै अड्कीएका थिए ।

उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएको छ । खनाल भने लामोसमय अमेरिकाको बसाईपछि नेपाल फर्किएर अभिनयसँगै ब्यापार समेत गर्दै आएका थिए । लकडाउनले उनको पोल्ट्री फार्ममा पनि असर गरेको छ ।

तस्वीर र भिडियो श्रोत : अमेरिकी दूतावास काठमाडौं । तस्वीर भिडियोबाट स्क्रीनशट गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com