न्युजर्सी निवासी ५० बर्षका नेपाली कोरोना संक्रमणपछि अस्पताल भर्ना


प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार

न्युजर्सीको किपोर्टमा बस्दै आएका ५० बर्षका एकजना नेपालीमा कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भर्ना गरिएको छ । न्युजर्सीमा नेपालीमा कोरोना संक्रमण पुष्टी भएको सार्वजनिक भएको यो नै पहिलो हो ।

न्युजर्सीको हजलेटमा ग्यास स्टेशनमा काम गर्दै आएका ती नेपाली अरु तीनजना नेपालीसँगै अपार्टमेन्टमा बस्दै आएका थिए । आफूलाई कोरोनाको संक्रमण पुष्टी भएकोबारे ग्यास स्टेशनका संचालकलाई जानकारी दिइसकेको संक्रमित नेपालीले बताएका छन् ।

कोरोना संक्रमणको लक्षण देखिएपछि अस्पताल गएका ती नेपालीमा आज विहान कोरोना संक्रमण पुष्टी भएको हो । त्यसपछि उनलाई अस्पतालमा नै भर्ना गरिएको छ । स्थीति सामान्य रहेका व्यक्ति पनि तत्कालै गम्भिर बनेका उदाहरण भएकाले उनलाई कहिले डिस्चार्ज गरिने भन्नेबारे केही बताउन नसकिने अस्पतालले जनाएको छ ।

ती नेपालीमा स्वासप्रश्वासको समस्या नदेखिएको र ज्वरो लगायतका लक्षणहरु देखिएको अस्पतालले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्पताल श्रोतले भन्यो – ‘भर्ना भएका बिरामीको अवस्था सामान्य नै छ । भर्ना भएका अरुका तुलनामा उनको अवस्था राम्रो रहेको छ । अहिले उनलाई विभिन्न औषधीहरु चलाइएको छ । केहीदिनको उपचारपछि कहिले डिस्चार्ज गर्ने भन्ने टुंगो लाग्नेछ ।’

अमेरिकाको न्युयोर्क र न्युजर्सीमा कोरोना संक्रमितको संख्या झण्डै १ लाख ३५ हजार पुगेको छ । न्युयोर्कपछि कोरोना संक्रमितहरु न्युजर्सीमा रहेका छन् । न्युयोर्कमा दर्जनौं नेपाली परिवारमा कोरोना संक्रमण पुष्टी भएपनि न्युजर्सीका नेपालीका केसहरु भने अहिलेसम्म सार्वजनिक भएका छैनन् ।

न्युयोर्कमा अहिलेसम्म २ लाख ६० हजारको परीक्षण गरिएकोमा झण्डै ४० प्रतिशत अर्थात् झण्डै १ लाख ३ हजारमा संक्रमण पुष्टी भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com