‘चारवटा फोनलाइन चौबीसै घण्टा खुला छन्, समस्या हुनेले फोन गर्नुहोला’ : राजदूत कार्की


प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार

अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्कीले अमेरिकामा रहेका नेपालीहरुलाई कोरोनासँग सम्बन्धित कुनै समस्या हुनेहरुका लागि दूतावासका तीनवटा फोन लाइन र न्युयोर्क कन्सुलेटको एउटा फोन लाइन चौबीसै घण्टा खुल्ला रहेको जानाकारी दिनुभएको छ । राजदूत कार्कीले आज आयोजित कन्फ्रेन्स कल बैठकमा उक्त जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो – ‘हामीले दूतावासका तीनवटा लाइन र न्युयोर्क कन्सुलेटको एउटा फोन लाइन परामर्शका लागि चौबीस घण्टा उठ्ने व्यवस्था गरेका छौं । दूतावासको वेवसाइट र सामाजिक संजालमा सुचनाहरु सम्प्रेषण गरिरहेका छौं ।’

कोरोना संक्रमणबिरुद्ध जुध्न नेपाली समुदाय र विभिन्न संघसंस्थाका तर्फबमट भएको पहलको प्रशंसा गर्दै राजदूत कार्कीले भन्नुभयो – ‘म नेपाल सरकार र दूतावासका तर्फबाट यहाँहरुको योगदानको उच्च प्रशंसा गर्छु । र धन्यवाद दिन चाहन्छु ।’

नेपाल फर्कने चरणमा हुनुभएका पढाई सकिएका नेपाली विद्यार्थीहरु र भिजिटर भिसामा आउनुभएकाहरुले ओभरस्टे हुने चिन्ता व्यक्त गरेको उल्लेख गर्दै राजदूत कार्कीले यसबारेमा अमेरिकी सरकारलाई कुटनीतिक नोट पठाइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘यसको बारेमा धेरै चिन्ता नलिनुहोला । यो समस्या समाधान हुन्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै नेपाली समुदायका दाजुभाईदिदीबहिनीको उपचारका लागि विशेष ध्यान दिन पनि अमेरिकी सरकारलाई कुटनीतिक नोट पठाएको पनि राजदूत कार्कीले जानकारी दिनुभयो । नेपालमा रहेका अमेरिकी नागरिकलाई नेपालमा रहँदा जुनसुकै सुविधा दिन तयार रहेको र अमेरिकामा रहेका नेपाली नागरिकलाई पनि पारस्परिक रुपमा त्यस्तै सुविधा उपलब्ध गराउन आफूहरुले अमेरिकी सरकारलाई अनुरोध गरेको कार्कीले जानकारी दिनुभयो ।

कन्फ्रेन्स कल बैठकमा एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट लगायत नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुले समुदायका समस्या र समुदायका तर्फबाट भइरहेका गतिविधिबारे जानकारी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com