जर्सी सिटीमा विद्यार्थी र ६० कटेकालाई सरकारले निशुल्क ग्रोसरी पठाउने, नेपालीलाई नाम टिपाउन आग्रह


प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार

जर्सी सिटीमा ६० वर्ष माथिका व्यक्ति र तीनवटा कलेजमा अध्ययनरत विद्यार्थीलाई सिटी सरकारले निशुल्क ग्रोसरी खरीद गरी घरघरमै डेलिभरी दिने निर्णय गरेको जर्सी सिटी मेयरकी सल्लाहकार डाक्टर विष्णुमाया परियारले जानकारी दिनुभएको छ । ६० बर्ष कटेका आफ्ना आफ्नो अभिभावकहरूको नाम, सम्पर्क फोन र ठेगाना उपलब्ध गराउन जर्सी सिटीमा बस्ने सबै नेपालीहरुलाई उहाँले आव्हान गर्नुभएको छ ।

यदी कोही घरेलु कामदार हुनुहुन्छ, घरेलु हिंशा र यौन हिंशाबाट पीड़ित हुनुहुन्छ भने जर्सी सिटी सरकारले बस्ने, खाने र कानूनी परामर्श सहयोग गर्ने व्यावस्था गरेकोले आफूसँग सम्पर्क गर्न सबै नेपालीहरुलाई परियारको आग्रह छ । सबै कुरा गोप्य राखिने तथा कतै फोटो नखिचिने र नराखिने उहाँले स्पष्ट पार्नुभयो ।

जर्सी सिटीका ३ वटा कलेजमा अध्ययनरत एफ स्टासमा रहेका नेपाली विद्यार्थीलाई पनि सिटीले ग्रोसरीको व्यावस्था गरेको र अन्य राहतको काम भैररहेको परियारले जानकारी दिनुभयो ।

न्युजर्सी सिटी युनिभर्सिटी, सेन्ट पिटर्स युनिभर्सिटी र हडसन कम्युनिटी कलेजका विद्यार्थीलाई यस्तो सुविधा दिइएको हो । इच्छुकले डा. विष्णुमाया परियारलाई ६१७ ३२० ९७६८ मा फोन सम्पर्क गरेर वा नाम र ठेगाना टेक्स्ट गरेर सम्पर्क गर्न सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com