कोरोनाबाट न्युयोर्कमा ज्यान गुमाएका लिम्बुको दाहसंस्कार आज


प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार

न्युयोर्कको एल्महस्र्ट अस्पतालमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका अनिल लिम्बुको दाहसंस्कार आज गरिएको छ ।  आज दिउसो ग्रिनउड सिमेट्रीमा साढे २ बजे लिम्बुको दाहसंस्कार गरिएको हो ।

दाहसंस्कारमा परिवारका सदस्यहरु र अन्य समुदायका व्यक्ति समेत उपस्थीत हुनमा समस्या भएका कारण दाहसंस्कारको जिम्मा सिमेट्रीलाई नै दिइएको थियो । दाहसंस्कारमा परिवारका सदस्यहरुले विभिन्न मापदण्ड पूरा गरेर सहभागिता जनाउन पाउने भएतापनि परिवारका केही सदस्यहरु समेत संक्रमणका कारण बिरामी भएकाले दाहसंस्कारमा परिवारको उपस्थीति भएन ।

दाहसंस्कारका लागि ग्रिनउड सिमेट्रीलाई झण्डै १२ सय डलर तिरिएको थियो  ।

पछि परिवारले आफ्नो धार्मिक विधि अनुशार कृयाक्रम गर्नेमा परिवारले सहमति जनाएको नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले जानकारी दिनुभयो । न्युयोर्कमा अहिले नेपालीहरु घरभित्रै रहेको अवस्थामा दाहसंस्कारमा सहभागि हुन समेत असजिलो अवस्था रहेको र परिवारका सदस्यहसमेत सहभागि हुन गाह्रो अवस्था भएकाले सिमेट्रीलाई नै जिम्मा दिइएको उहाँले जानकारी दिनुभयो ।

मृत्यु भएको ७२ भित्र अस्पतालबाट शव लैजानुपर्ने भएकाले सिमेट्री बुक गरेर दाहसंस्कारका लागि प्रकृया अगाडि बढाइएको थियो ।  सिमेट्रीले नै अस्पतालबाट शव लिएर दाहसंस्कार गरेको प्रकृयामा सुरुदेखि नै सघाइरहेका मेरिल्याण्ड राज्य संसदका डेलिगेट ह्यारी भण्डारीले जानकारी दिनुभयो ।

यो समाचार थप विवरणसहित अपडेट गरिएको छ । – सम्पादक

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com