कोरोनाले समस्यामा परेका अमेरिकामा रहेका नेपालीलाई सस्तो ब्याजमा २ हजार डलर


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

कोरोना महामारीका कारण समस्यामा परेका अमेरिकामा रहेका नेपालीलाई सस्तो ब्याजमा २ हजार डलर ऋण प्रदान गरिने भएको छ । न्युयोर्कमा रहेको एभरेष्ट फेडरल क्रेडिट युनियनले कोरोना महामारीका कारण समस्यामा परेका अमेरिकामा रहेका नेपालीहरुका लागि यस्तो प्याकेज ल्याएको हो ।

यो ऋण प्राप्त गर्नका लागि एभरेष्ट फेडरल क्रेडिट युनियनको कम्तीमा एउटा शेयर किनेको हुनुपर्छ, जसका लागि २५ डलर शुल्क लाग्छ । शेयर किन्दा २५ डलर र डिपोजिट २५ डलर गरी ५० डलर खर्च गरेर नयाँ सदस्य बन्नेहरुले पनि यो ऋण प्राप्त गर्नसक्ने प्रबन्धक विराज रिजालले जानकारी दिनुभयो । उक्त ५० डलर भने सदस्यकै खातामा रहनेछ ।

नेपाल सरकारको परिभाषामा एनआरएनभित्र पर्ने सबैजना यसका लागि योग्य हुनेछन् । अमेरिकामा रहेका कतिपय नेपाली विद्यार्थीहरुसमेत यो प्याकेजका लागि योग्य हुने रिजालले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि ऋण लिएको रकम ३० दिनभित्र भुक्तान गर्न सक्षम भएमा कुनै ब्याज लाग्नेछैन । तर किस्तामा तिर्न चाहनेहरुले १८ महिनाभित्र तिर्न सक्नेछन् । त्यसका लागि बार्षिक ब्याजदर १२ प्रतिशतमात्र लाग्नेछ । जबकी यस्तो ऋणका लागि अमेरिकामा ३६ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने हुन्छ ।

१८ महिनामा तिर्न चाहनेहरुका लागि मासिक किस्ता १२१ डलर ९६ सेन्टस हुनेछ भने १८ महिनाको अवधिमा कुल ब्याज १९५ डलर २८ सेन्टस हुनेछ । अर्थात् २ हजार डलर ऋण लिनेले पूरै किस्ता तिर्दासम्म २१ सय ९५ डलर २८ सेन्टस तिर्नुपर्नेछ ।

अमेरिकाको जुनसुकै भूभागमा बस्ने नेपालीहरु यसको सदस्य बन्न सक्ने र ऋण आवेदन दिनसक्ने विराज रिजालले जानकारी दिनुभयो । सदस्य बन्नका लागि र ऋणका लागि वेवसाइटमार्फत आवेदन दिन सकिन्छ । तर अत्वाश्यक भएका व्यक्तिलेमात्र ऋण मागेमा सहज हुने रिजालले जानकारी दिनुभयो ।

सदस्य बन्नका लागि यहाँ क्लिक गर्नुहोला ।

ऋण आवेदनका लागि यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com