प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमणका शङ्कास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।
आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले दुई साता यता अन्यत्रबाट आएका सङ्क्रमण शङ्कास्पद व्यक्तिको पहिचान गरी आइसोलेसनमा राख्न तथा यस सम्बन्धमा कुनै पनि सहयोग वा सहायताको आवश्यकता परे सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी वा प्रदेशस्तरीय एकीकृत सूचना केन्द्रमा सम्पर्क गर्न स्थानीय तहका प्रमुखलाई आग्रह गर्नुभएको छ ।
उहाँले विश्वव्यापी रुपमा फैलिएको महामारी नियन्त्रण सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले निजी क्षेत्र, गैरसरकारी संस्था तथा सम्पूर्ण जनसमुदायलाई आ–आफ्नो तहबाट योगदान गर्दै राष्ट्रव्यापी लकडाउनलाई सफल पार्न अपिलसमेत गर्नुभएको छ ।
मुख्यमन्त्री राउतले यस सङ्कटको घडीमा दैनिक उपभोग्य सामानको कृत्रिम अभाव सिर्जना गर्नेमाथि कडा कारवाही गर्दै दैनिक उपभोग्य सामान सहज र सुपथ मूल्यमा सर्वसाधारणलाई उपलब्ध गराउने व्यवस्था मिलाउन सम्बद्ध निकायलाई निर्देशनसमेत दिनुभएको छ । खुला सीमाका सबै नाकामा विशेष निगरानी र सुरक्षा व्यवस्था मिलाउनाका साथै जनताको जीउधनको सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन सुरक्षा निकायलाई उहाँले निर्देशनसमेत दिनुभएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।