लकडाउन घोषणा गरेपनि मानिसहरु सडकमा निस्कन छाडेनन्,


प्रकाशित मिति : चैत्र ११, २०७६ मंगलबार

काठमाडौंको केन्द्रिय भाग अर्थात्, नयाँ बानेश्वर, संसद भवन अगाडिको सडकमा मानिसको चहलपहल कम भएको छैन ।
सरकारले छोटो सूचनाका आधारमा मंगलबार बिहान ६ बजेदेखि १८ गते साँझ ६ बजेसम्म लकडाउनको घोषणा गरेपनि मानिसहरु सडकमा निस्कन छाडेका छैनन् ।

नयाँ बानेश्वर चोकमा पैदलयात्री, मोटरसाइकल चालक र अन्य गाडीहरु फाट्टफुट्ट आवत–जावत गरिरहेका देखिन्थे । सीमित संख्यामा रहेका प्रहरीहरुलाई मान्छे सम्हाल्न हम्मेहम्मे परिरहेको देखिन्थ्यो ।

उनीहरु रोकेर सोधपुछ गरिरहेका र यसरी हिँडडुल नगर्न आग्रह गरिरहेका थिए । अत्यावश्यक सेवा अन्तरगत पर्ने एम्बुलेन्स, फोहोर बोक्ने गाडी, बिरामी चढेका सवारी साधनहरु, पानी बोक्ने टं्याकर आदि सडकमा बिहानैदेखि गुडिरहेका देखिए भने कतिपय पैदल यात्रीलाई समेत प्रहरीले रोकेर सोधपुछ गर्दै कतिपयलाई फर्काइरहेको थियो ।

मानिसहरुलाई जरुरी परेर सडकमा निस्कनैपर्ने बाध्यताले गर्दा बानेश्वर चोकमा मानिसको गतिविधि पूर्णरुपमा रोकिएको पाइएन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com