पुननिर्माणको पर्खाइ : सिंहदरवारले देखेन नजिकैको बुङमती (फोटो फिचर)


प्रकाशित मिति : चैत्र १५, २०७३ मंगलबार

सिंहदरवारले नजिकैको बुङमती त प्रस्ट देख्न सकेको छैन भने टाढा कहिले नजर जाला ?

-दीपेन्द्र ढुंगाना (तस्विर सहित)

पुनर्निमाण महाअभियान सुरु गरिएको बुङमतीमा १ वर्ष पुरा भइसक्दा पनि कुनै काम सुरु हुन सकेको छैन केवल बोर्डमा मात्रै सिमित छ ।

स्थानिय वासिन्दा नकला महर्जनको भनाईलाई सापटी लिने हो भने पुनर्निमाण केवल सपनामा मात्रै सिमित हुने भयो । उहाँ भन्नु हुन्छ , –सरकारले दोस्रो किस्ताको कुरा गरी रहदा हामीले न त पहिलो किस्ता नै पाएका छौ न त घर बनाउने बाटोनै खोली दिएको छ ।

कार्यविनायक नगरपलिका, बुंगमती पुनर्निमाण समिति र युएन ह्वाबिट्याटको सहकार्यमा सुरुभएको महाअभियानले निरन्तरता नपाउँदा स्थानीय अन्योलमा परेका छन् ।

तर अर्का स्थानियवासी अथिति महर्जनको भने पिडा अलि भिन्न रहेको छ । उहाँ भन्नु हुन्छ सरकारले लालपुर्जा बिना पुनर्निमाण किस्ता नदिने भएपछि हामी अझै समस्यामा परेका हौ र हामी पुर्खौ देखी बस्दै आएको यो ठाउँ मछिन्द«नाथको गुठीको नाममा रहदै आएको छ ।

यो समस्या सिगों वस्तिको नै रहेको छ । भुकम्प गएको २ वर्ष पुग्न लाग्दापनि कोहि टहरोमै त कोही भत्केको घरमा नै टेको लगाएर बस्न बाध्य छन् ।

सरकारलाई कुन देशले कति रकम अनुदान ग¥यो भन्दा पनि जनताको आवश्यक कति पूरा ग¥यो भन्ने कुराले महत्व राख्ने गर्दछ ।

सिंहदरवारले नजिकैको बुंगमती त प्रस्ट देख्न सकेको छैन भने देशमा यस्ता ठाउँहरुपनि छन् जहाँ पुग्नै २—४ दिन हिड्नु पर्छ । त्यहाँ कहिले नजर जाला ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com