लण्डनबाट कोरोना संक्रमित नेपालीको आब्हान – ‘विशेष सावधान रहनु होला’


प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार

लण्डनमा कोरोना संक्रमित नेपालीले आफू १३ दिनदेखि उपचार गराइरहेको र अहिलेसम्म निको हुने छाँटकाँट नदेखिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । कोरोना संक्रमण पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन् – ‘यो महामारी कति पीड़ादायक हुदो रहेछ । आज १३ दिन सम्म पनि निको हुने छाँटकाँट छैन । फ़ेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथिभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो । तर सोचें सबैले साबधानी अपनाउन सक्नुहुनेछ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध ।’

शुक्रबारदेखि उनले लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन्। उनलाई विश्वभरका नेपालीहरुले स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी उनलाई भोलिपल्ट देखि ज्वरो आएको र औषधिले निको नभएपछि हस्पिटल गएको जनाइएको छ । उनलाई मार्च २० शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको थियो ।

उनलाई संक्रमण भएपछि परिवारका अन्य सदस्य घरमा सेल्फ आइसोलेसनमा छन्। यसअगाडि बेलायतमा निधन भएका एकजना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com