बेलायतमा पूर्वगोरखा सैनिक राईको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टी


प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार

बेलायतमा मंगलबार मृत्यु भएका पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु कोरोना संक्रमणबाट भएको अस्पतालले पुष्टी गरेको छ । अस्पतालले शनिबार मात्र उनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो ।

संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै राईको मृत्यु भएको हो । लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा राईको मृत्यु भएको हो ।

परिवारका अनुसार मृतक पछिल्लो एक महिनादेखि नमोनियाबाट थलिएका थिए । झण्डै २ दशक पहिले दुवै मृगौला प्रत्यारोपण गराएका उनी कोलेस्ट्रोल, घुंडा सुन्निने लगायत स्वास्थ्य समस्याबाट पनि पीडित थिए । पछिल्लो समय उनलाई रुघाखोकी पनि लागेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निमोनियाको उपचारका लागि करिब तीन साता अस्पताल बसेका उनलाई कोरोनाको महामारी बढ्दै जाँदा अस्पतालले घर पठाइदिएको थियो । अस्पतालबाट घर फर्किएको तीन/चार दिनमा फेरि सिकिस्त भएपछि अस्पताल पुर्याएको केहिबेरमै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

राईको परिवार आइसोलेसनमा रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com