५ सय ४५ वटा नमूना परीक्षण गरिएकोमा सबैको रिपोर्ट ‘नेगेटिभ’


प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना परीक्षणको नमुना बढेको छ । केही दिन अघिसम्म दैनिक १५\२० वटा नमुना आउनेमा अहिले देशभरका अस्पतालबाट ४०\४५ वटासम्म संकलन भइरहेको छ । शुक्रबार दिउँसो न्यूज–२४ टिम प्रयोगशाला पुग्दा ४५ वटा नमुना परीक्षणमा थियो ।

कोरोना भाइरस (कोभिड–१९) परीक्षण हुने एकमात्र प्रयोगशाला जनस्वास्थ्य प्रयोगशाला टेकुमा शुक्रबार ४५ वटा नमुना परीक्षण गरिँदै थियो । जुन नमुना शुक्रराज अस्पतालको आइसोलेसनमा बसेका बिरामी, देशका बिभिन्न अस्पतालबाट संक्रमितको आशंका गरिएका र कोरोना प्रभावित देशबाट आएका बिरामीको थियो ।

बुधवार साँझदेखि शुक्रराज अस्पतालमा एक जना कोरोना संक्रमित उपचाररत रहेको हल्ला निकै चल्लो । तर, क्रिटिकल अवस्थामा रहेका भनिएका ति बिरामीको दुई पटक परीक्षण गर्दा पनि रिपोर्ट ‘नेगेटिभ’ नै आएको अस्पतालले जनाएको छ ।

शुक्रबार देशभरका बिभिन्न अस्पताल र ५ जना जर्मन नागरिकको नमूला परीक्षणमा राखिएको छ । चैत ७ गतेसम्म ५ सय ४५ वटा परीक्षण भएकोमा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । कान्ति अस्पतालमा एक जना ६ बर्षीया बालिकालाई कोरोनाको आशंकामा आइसोलेसनमा राखिएको छ । र, उनको नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनस्वास्थ्य प्रयोगशालामा रहेको कोरोना परीक्षण गर्ने मेसिनमा एउटा पिसिआरमा एकपटकमा ९६ जनाको परीक्षण गर्न मिल्छ । प्रयोगशालामा ३ वटा पिसिआर मेसिन छ । जसबाट १२ घण्टामा २ सय ८८ वटा परीक्षण गर्न सकिन्छ । देशभरका अस्पतालले कोरोना संक्रमणको आशंका लागेका व्यक्तिको भाइरल ट्रान्सपोर्ट मिडियामार्फत नमुना प्रयोगशालामा पठाउनु पर्छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना परीक्षणको नमुना बढेको छ । केही दिन अघिसम्म दैनिक १५\२० वटा नमुना आउनेमा अहिले देशभरका अस्पतालबाट ४०\४५ वटासम्म संकलन भइरहेको छ । शुक्रबार दिउँसो न्यूज–२४ टिम प्रयोगशाला पुग्दा ४५ वटा नमुना परीक्षणमा थियो ।

कोरोना भाइरस (कोभिड–१९) परीक्षण हुने एकमात्र प्रयोगशाला जनस्वास्थ्य प्रयोगशाला टेकुमा शुक्रबार ४५ वटा नमुना परीक्षण गरिँदै थियो । जुन नमुना शुक्रराज अस्पतालको आइसोलेसनमा बसेका बिरामी, देशका बिभिन्न अस्पतालबाट संक्रमितको आशंका गरिएका र कोरोना प्रभावित देशबाट आएका बिरामीको थियो ।

बुधवार साँझदेखि शुक्रराज अस्पतालमा एक जना कोरोना संक्रमित उपचाररत रहेको हल्ला निकै चल्लो । तर, क्रिटिकल अवस्थामा रहेका भनिएका ति बिरामीको दुई पटक परीक्षण गर्दा पनि रिपोर्ट ‘नेगेटिभ’ नै आएको अस्पतालले जनाएको छ ।

शुक्रबार देशभरका बिभिन्न अस्पताल र ५ जना जर्मन नागरिकको नमूला परीक्षणमा राखिएको छ । चैत ७ गतेसम्म ५ सय ४५ वटा परीक्षण भएकोमा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । कान्ति अस्पतालमा एक जना ६ बर्षीया बालिकालाई कोरोनाको आशंकामा आइसोलेसनमा राखिएको छ । र, उनको नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

जनस्वास्थ्य प्रयोगशालामा रहेको कोरोना परीक्षण गर्ने मेसिनमा एउटा पिसिआरमा एकपटकमा ९६ जनाको परीक्षण गर्न मिल्छ । प्रयोगशालामा ३ वटा पिसिआर मेसिन छ । जसबाट १२ घण्टामा २ सय ८८ वटा परीक्षण गर्न सकिन्छ । देशभरका अस्पतालले कोरोना संक्रमणको आशंका लागेका व्यक्तिको भाइरल ट्रान्सपोर्ट मिडियामार्फत नमुना प्रयोगशालामा पठाउनु पर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com