गायिका कनिका कपुरलाई कोरोना संक्रमण


प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार

बलिउडकी चर्चित प्लेब्याक गायिका कनिका कपुरलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको पुष्टि भएको छ । कनिका कपुर १५ मार्चमा लण्डनबाट लखनऊ आएकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार एयरपोर्टमा उनी ग्राउण्ड स्टाफको मिलेमत्तोमा वासरुमबाट लुकेर निस्किएकी थिइन् । गायिका कनिकाले गत आइतबार मात्रै लखनऊको गैलेंटमा एक पार्टी अर्गनाइज गरेकी थिइन्, जहाँ लखनऊका ठूला ठूला अफिसरहरु पनि सामेल भएका थिए ।

गायिका कनिकालाई कोरोना संक्रमण भएको थाहा पाएपछि पूरै अपार्टमेन्टमा हंगामा भएको छ । शालिमार गैलेंटमा बस्दै आएका सम्पूर्ण मानिसहरु आफ्नो अपार्टमेन्ट छोडेर अन्यत्रै सिफ्ट भइरहेका छन् ।

गायिका कनिकाको पूरै परिवारनै उक्त विल्डिङमा बस्दै आएका छन् । जानकारी अनुसार कनिकाको पूरै परिवारलाई क्वारेन्टाइनमा राखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हेल्थ डिपार्टमेन्टले गायिका कनिकाको सम्पर्कमा रहेका सबैलाई फोन गरेर सेल्फ आइसोलेट गर्नका लागि आग्रह गरिएको छ । अहिलेसम्म गायिका कनिकालाई बाहेक अन्य कसैलाई पनि कोरोनाको संक्रमण भेटिएको छैन ।

गायिका कनिकाले बेबी डाँल, जुगनी, चिट्टिया कलैयाँ, देशी लुकलगायतका कयौं चर्चित गीतहरु गाइसकेकी छन् ।चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)का कारण भारतमा अहिलेसम्म चार जनाले ज्यान गुमाइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com