कोरोनाबारे न्युयोर्क सिटीबाट नेपाली भाषामा निर्देशिका : बच्न के गर्ने ? बिरामी भए के गर्ने ?


प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार

न्यूयोर्क शहरमा समुदायबाट व्यापकरुपमा कोभिड १९ (कोरोनाभाइरस रोग २०१९) फैलिइरहेको छ । कोभिड १९ श्वासप्रश्वास सम्बन्धी रोग हो (जसले सास फेर्ने प्रक्रियालाई असर गर्छ) जुन नयाँ कोरोना भाइरसको कारण हुने गर्छ । घाँटी दुखेको जस्तो सामान्यदेखी न्यूमोनियाँ जस्तो गम्भिर लक्षण हुनसक्छ । धेरैजसो मानिसहरलाई उनीहरुको लक्षणको लागि स्वास्थ उपचार गर्नु आवश्यक पर्दैन । सँबै मिलेर हामी फैलने क्रमलाई घटाउन सक्छौं र गंभिर विरामीको उच्च जोखिम भएकाहरु र हाम्रा स्वास्थकर्मीलाई विरामी हुनबाट बचाउन सक्छौं ।

समुदायमा फैलावट भन्नाले कोभिड १९ न्यूयोर्कमा फैलिइरहेको छ र हामीसबै यो संक्रमणमा परे जस्तरी कार्य गर्नुपर्छ । यदि तपाई विरामी हुनुहुन्छ भने तपाईं घरमैं बस्नुपर्छ । सबै न्यूयोकवासीहरुले उनीहरुको आफ्नो स्वास्थलाई ध्यानपूर्वक अवलोकन गर्नुपर्छ । तपाईं धेरै विरामी भएमात्र स्वास्थ उपचार खोज्नुहोस्। हामीले यो कुरा हेक्का राख्नुपर्छ कि गंभिर विरामी भएका मानिसहरु अस्पतालमा वा सघन उपचार कक्षमा बस्न सक्षम होउन्यदि उनीहरुलाई आवश्यक भएको खण्डमा । तपाई बिरामी हुनुहुन्न नैं भने पनि जति बढि सक्नुहुन्छ त्यति नैं घरमा बस्नुहोसः घरबाटै काम गर्नुहोस, घरबाटै काम गर्नुहोस्र सम्पूर्ण अनावश्यक सम्पर्क र कार्यक्रमहरुमा नजानुहोस्।

कोभिड १९ कसरी फैलिन्छ ?

– संक्रमित व्यक्तिसँग नजिकै सम्पर्कमा रहँदा (६ फिट भित्र )भाइरस मानिसहरुमा सर्छ जब उक्त व्यक्तिले खोक्छ अथवा हाच्छिउँ गर्छ ।
– भाइरस ति व्यक्तिहरुमा पनि फैलिइरहेको छ जो सँग यात्रा र अर्को सँक्रमित व्यक्तिसँग सम्बन्ध छैन ।
– कोभिड १९ सतहमा कति समय रहन्छ भन्नेबारेमा बैज्ञानिकहरुको फरक मत छ तर यो मानिसहरुले छिनछिनमा छोइरहने सतहमा बाँच्छ । त्यसपछि यदि कसैले नधोइएको हातले आँखा, नाक र मुख छुन्छन्भने भाइरस फैलिन्छ ।
– जनस्वास्थ अधिकृतहरु अझै कोभिड १९ को कारक भाइरसबारे जानिरहेका छन्तर यो विश्वास गरिएको छ कि मानिसहरु जसले लक्षणहरु (खोकी र हाच्छिऊँ)महसुष गरिरहेका छन्उनीहरुले अरुलाई भाइरस सारिरहेका छन्।

कोभिड १९ को धेरै जोखिममा को छ ?

– गंभिर विरामीको जोखीममा रहेका मानिसहरु ती हुन्जो ५० वर्षभन्दा माथिका छन्अथवा जसलाई फोक्सोको रोग, मुटु रोग मधुमेह, क्यान्सर अथवा कमजोर प्रतिरोधात्मक प्रणाली लगायतका स्वास्थ समस्याहरु छ ।
– कोभिड १९ भएका वा हुनसक्ने व्यक्तिको सम्पर्कमा नियमित रुपले रहेका मानिसहरु पनि उच्च जोखिममा छन्। यसमा एउटै घरमा बस्ने, हेरबिचार गर्ने जो घरमा काम गर्छन्अथवा यौन पार्टनर पनि समावेश छन्।

कोभिड १९ का लक्षणहरु के के हुन् ?

सामान्यतक देखिएका लक्षणहरुमा
– ज्वरो (१००.४ डिग्री फरेनहाइट अथवा ३८ डिग्री सेन्टिग्रेड)
– खोकी
– स्वाँस्वाँ (सास फेर्न अफ्ठ्यारो)
–  घाँटी दुख्नु

यदि तपाईंलाई माथि उल्लेखित कुनै लक्षणहरु छन्भने र तिनीहरु पूर्ववत स्वास्थअवश्था जस्तै दम वा वायुस्फितिका कारण होइनन्भने तपाईंलाई कोभिड १९ भएको हुनसक्छ र तपाईं घरमा बस्नैं पर्छ ।

कोभिड १९ को जाँच कसले गर्नुपर्छ ?

– त्यस्ता व्यक्तिको लागि मात्र जाँच गर्नुपर्छ जसलाई न्यूमोनियाँ जस्तो गंभिर बिमारीको अवश्थाको लागि अस्पतालमा राख्नुपर्ने अवश्था छ । यसले स्वास्थकर्मीलाई सुरक्षा गर्छ र उपचारका उपायलाई प्रभाव पार्छ ।

–  यो विन्दुमा यदि तपाईंमा लक्षण छ भने मान्नुहोस्तपाईंलाई कोभिड १९ भएको छ । ठिक हुनका लागि डाक्टरले तपाईंलाई के गर्नु भनेका छन्भन्ने कुरा पोजेटिव टेस्टले परिवर्तन गर्नेछैन । सबैभन्दा उत्तम कदम भनेको घरमा बस्नु हो ।

– यदि तपाईं अलिअलि मात्र विरामी हुनुहुन्छ भने स्वास्थ सेवाका संशाधन सबभन्दा बढि आवश्यक पर्ने व्यक्तिलाई पुगोस भन्नाका लागि घरमै बसेर अर्को न्यूयोर्कबासीको जीवन बचाउन सक्नुहुन्छ । घरमैं बसेर अरुको हेरचाह गर्नुहोस् ।

कोभिड १९ का लक्षणहरुबाट विरामी भएँ भने मैंले के गर्नुपर्छ ?

– यदि तपाईंलाई सामान्यदेखी मध्यमस्तरको लक्षण छ भने घरमा बस्नुहोस् । तपाईंले स्वास्थ सुविधा पाउनुपर्दैन वा जाँच गर्न प्रयास गर्नुपर्दैन । घरमैं बसेर तपाईंले अरु र स्वास्थकर्मी जो थप गंभिर विरामीलाई हेरचनाह गर्नेलाई सर्नसक्ने सम्भावना घटाउनुहुन्छ ।
– यदि तपाईं ५० वर्षका हुनुहुन्छ भने पुराना स्वास्थ समस्या छन्भने आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्। उनीहरुले तपाईंलाई अझ नजिकबाट मोनिटर गर्न चाहन सक्छन्
– यदि तपाईंको लक्षण गएन अथवा ३ देखी ४ दिनपछि झन्खराब भयो भने आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।
–  तपाईंको लक्षण शुरु भएपछि कम्तिमा सात दिनसम्म घरमैं बस्नुहोस्। यो कुरा पक्का गर्नुहोस्कि तपाईं ज्वरो कम गर्ने औषधी जस्तै टाइनोल वा आइबुप्रोफिनको प्रयोगबिना ३ दिनसम्म ज्वरोविहिन हुनुहुन्छ । यदि तपाईंलाई कहिल्यै ज्वरो आएन भने तपाईंको लक्षण कम हुन थालेको कम्तिमा तीन दिनसम्म घरमा नैं बस्नुहोस्।
– यदि तपाईं बाहिर डाक्टरलाई भेट्न जानुभयो भने उपलब्ध भएमा मुखमा मास्क लगाउनुहोस्। सम्भव छ भने निजी गाडि चढ्नुहोस, पछाडिको सिटमा बस्नुहोस्र झ्याल खोल्नुहोस्।
– यदि तपाईंलाई गम्भिर लक्षणहरु जस्तै सास फेर्न गाह्रो हुने, उच्च ज्वरो आयो भने आकस्मिक उपचार विभागमा जानुहोस । यदि तत्काल सहयोगको आवश्यकता परेमा ९११ मा फोन गर्नुहोस्।

म घरमैं विरामी भएमा के गर्ने ? कल्पना गर्नुहोस् तपाईंलाई कोभिड १९ भयो ?

– औषधी उपचार गर्न जाँदा वा अरु आवश्यकता लाई सम्बोधन गर्न जाँदा जस्तै खाद्यान्न तरकारी किन्न भन्दा बाहेक घर नछोड्नुहोस्।
– स्कुल वा काममा नजानुहोस्।
– सार्वजनिक यातायातको प्रयोग नगर्नुसोस्। राइड सेयर वा ट्याक्सी नचढ्नुहोस्।
– घरमा सकेसम्म धेर आफूलाई अरुबाट छुट्याउनुहोस्। फरक कोठामा बस्नुहोस्। यदि सम्भव छ भने फरक बाथरुम प्रयोग गर्नुहोस्। यदि तपाईंको बाथरुम साझा छ भने हरेक प्रयोगपछि छोइएको भागलाई किटाणुरहित(डिसइन्फेक्ट) गर्नुहोस्।
– अरुसँगै हुने क्षेत्रमा रहँनुपर्दा सम्भव छ भने फेसमास्क लगाउनुहोस्।
–  कम्तीमा २० सेकेण्डसम्म पटकपटक हात धुनुहोस्।
–  खोक्दा वा हाच्छिऊँ गर्दा नाक र मुखलाई टिस्यू पेपर वा बाहुलाले छोप्नुहोस्। हाच्छिऊँ वा खोकीलाई छोप्न हातको प्रयोग नगर्नुहोस्। तुरुन्तै टिस्यू पेपर फाल्नुहोस्र त्यसपछि हात धुनुहोस्।
– धेरै छोईरहने सतहहरु छिनछिनमा सफा गरिरहनुस्, जस्तै काउण्टर, ढोकाको नब, बाथरुमका सामान(फिक्सचर) र फोनहरु । हरेकपटक प्रयोग गरेपछि कम्तिमा दिनको एकपटक सफा गर्नुहोस्। घरायसी सफाइको स्प्रे वा वाइपको प्रयोग गर्नुहोस्।
–  व्यक्तिगत घरायसी सामानहरु जस्तै ग्लास, कप, खाना खाने वस्तुहरु, तौलिया साझा नगर्नुहोस्।
–  घरमा भेट्न आउने मानिस नबोलाउनुहोस्।

 

मलाई कोभिड १९ भएको पक्का भयो अथवा म विरामी भएँ र कोभिड १९ भएको हुनसक्छ । मैंले कतिन्जेल घर बस्नुपर्छ ?

– यदि तपाईंलाई कोभिड १९ भयो वा भएको हुनसक्छ भने तपाईंको लक्षण शुरु भएको दिनले ७ दिनसम्म, र टाइनोल र आइबुप्रोफेन जस्ता ज्वरो कम गर्ने औषधीको प्रयोग विना नैं ज्वरो रोकिएको र तपाईंको खोकि र घाँटी दुख्ने लक्षणमा सुधार भएको तीन दिनसम्म घरमा नैं बस्नुहोस्।
– यदि तपाईंलाई कहिल्यै ज्वरो आएन भने लक्षणमा सुधार हुन थालेको कम्तिमा तीनदिनसम्म घरमा बस्नुहोस् ।

मैंले आफूलाई र अरुलाई कोभिड १९ बाट कसरी बचाउन सक्छु ?

– सबै अनावश्यक कार्यक्रमहरु, यात्रा र अन्तरक्रियाहरुको मतलव नगर्नुहोस्। जतिसक्दो धेरै घर बस्नुहोस्।
– कम्तिमा २० सेकेण्डसम्म पटक पटक साबुन पानीले हात धुनुहोस्। यदि साबुन र पानी उपलब्ध छैनन्भने अल्कोहल भएका ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्नुहोस्।
–  हाच्छिउँ गर्दा र खोक्दा टिस्यू पेपर वा बाहुलाले आफ्नो मुख र नाकलाई छोप्नुहोस्। आफ्नो हातको प्रयोग नगर्नुहोस्।
–  नधोएको हातले आँखा, मुख र नाकलाई नछुनुहोस्।
– हात नमिलाउनुहोस्। बरु हात हल्लाउनुहोस वा कुहिना ठोक्काउनुहोस्।
–  रुघा वा रुढीको लक्षणका सन्दर्भमा आफ्नो स्वास्थलाई सामान्य अवश्थामा भन्दा बढि ख्याल गर्नुहोस्।
– अरु र आफ्नोबीचमा धेरै व्यक्तिगत दूरी बनाउनुहोस्। यसलाई भनिन्छ सामाजिक दूरी ।

कसरी सामाजिक(भौतिक) दूरीको अभ्यास गर्ने ?

– जतिसक्दो धेरै घरमा बस्नुहोस्।
– तपाईं र अरुकोबीचमा धेरै भौतिक दूरीको सृजना गर्नुहोस्।
– जहाँ सम्भव हुन्छ, तपाईं र अरुकोबीचमा कम्तिमा ६ फिट राख्नुहोस्।
– ठूला भीडमा भेला नजानुहोस्।
– सम्भव भएमा घरबाटै काम गर्नुहोस्।
–  सबै अनावश्यक यात्राहरु बन्द गर्नुहोस्।
– सबै अनावश्यक सामाजिक अन्तरक्रियाहरु बेवास्ता गर्नुहोस्।

 

अरु न्यूयोर्कबासीलाई सहयोग गर्न म के गर्नसक्छु ?

– यदि तपाईं बिरामी हुनुहुन्छ भने घरमा बस्नुहोस्।
–  यदि तपाईं बिरामी हुनुहुन्न भने जतिसक्दो धेरै घरमा बस्नुहोस्र सामाजिक(भौतिक) दूरीताको अभ्यास गर्नुहोस्।
– जबसम्म तपाईं बिरामी हुनुहुन्न र ३ देखी ४ दिनसम्म पनि ठिक हुनुहुन्न, त्यतिबेला कोभिड १९ को जाँच गर्नुहोस्। सामान्यदेखी मध्यमस्तरसम्मको लक्षण यदि तपाईंलाई छ भने स्वास्थोपचार नखोज्नुहोस्। यसले धेरै विरामी न्यूयोर्कबासीलाई उनीहरुलाई चाहिएको स्वास्थोपचार लिन सहयोग गर्नेछ ।
– फेसमास्कको संकलन नगर्नुहोस्। हाम्रा स्वास्थकर्मीलाई स्वस्थ रहन र गंभिर विरामीहरुको हेरचाह गर्न फेसमास्क
चाहिन्छ ।

थप जानकारी तथा सहयोगका लागिः

– तत्कालको अपडेटका लागि COVIDटेक्स्ट ६९२-६९२ मा गर्नुहोस्। मेसेज र डाटाको रेट लागू हुनेछ ।
-nyc.gov/coronavirus  पेज थप जानकारी तथा सूचनाका लागि खोल्नुहोस ।
– यदी तपाईलाई सेवा प्रदायक चाहिएमा अध्यागमनको दर्जा, इन्सुरेन्सको अवश्था र तिर्न सक्ने नसक्ने अवश्था आदिको ख्याल नगरी न्यूयोर्क हेल्थ एण्ड हस्पिटल्सले सम्पूर्ण न्यूयोर्कबासीलाई सेवा प्रदान गर्नेछ ।
– यदि तपाईं चिन्तित हुनुहुन्छ, तनाबमा हुनुहुन्छ र आत्तिनुभएको छ भने एनवाइसी वेलका तालिमप्राप्त परामर्सदातासँग शहरको गोप्य हेल्पलाइनबाट जोडिनुहोस्। फोन गर्नुहोस् ९८८८-६९२- ९३५५०, सन्देश पठाउनुहोस  ६५१७३ मा। अथवा अनलाइन च्याट nyc.gov/nycwell मा ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com