कोरोना भाइरसको उच्च सतर्कता अपनाउँदै सरकारले प्रतिबन्ध लगाएका देशमा भएका नागरिकलाई विदेशमा नै रहन उच्चस्तरीय समिति सचिवालयका प्रवक्ता नारायण बिडारी आग्रह गरेका छन् ।
सरकारले प्रतिबन्धित देश युरोप, पश्चिम एसिया, मलेसिया, जापान, टर्की र दक्षिण कोरिया, खाडी मुलुकलगायतका देशमा रहेका नागरिकलाई चैत मसान्तसम्म नेपाल आउन नपाउने बिडारीले स्पष्ट पारे । साथै, प्रतिबन्धित देशबाट वा ती देशलाई ट्रान्जिट बनाएर नेपाल नफर्किन पनि उनले आग्रह गरे ।
यदि कुनै नेपाली विदेशमा संक्रमित भएको अवस्थामा त्यहीँ उपचार गर्न उनले आग्रह गरेका छन् । ‘जो जहाँ हुनुहुन्छ त्यहीँ बस्नुस् र बाटो खुलेपछि नेपाल आउनुस्,’ उनले भने ।
साथै, संक्रमणको घडीमा कुनै पनि मुलुकले नेपालीको भिसा अवधि सकियो भने देशबाट ननिकाल्ने हुँदा ढुक्क रहन उनले आग्रह गरेका छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।