अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५५ पुग्यो, २४ घण्टामै ४६ को मृत्यु


प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार

 अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड-१९ का कारण ज्यान गुमाउनेको १५५ पुगेको छ । कारोनासँग विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४६ जनाको मृत्यु भएको छ । बुधबार बिहानसम्म अमेरिकामा कोरानबाट मृत्यु हुनेको जम्मा संख्या १०९ थियो ।

कोरोना भाइरस उद्गम स्थल चीनमा संक्रमण दर घट्दै गइरहेको बेला अमेरिका भने बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टाभित्र अमेरिकामा २ हजार ९८७ जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिका बुधबार बिहानसम्म जम्मा ६ हजार ४४१ जना संक्रमित थिए । बिहीबार बिहानसम्म संक्रमितको संख्या ९ हजार ४२८ ४४१ पुगेको वर्ल्डो मिटरर्स डट इन्फोले जनाएको छ ।

संक्रमितमध्ये १०८ जना मात्रै पूर्णरुपमा निको भएका छन् । अहिले ९ हजार १६५ जनामा कारोको भाइरस सक्रिय रहेको छ भने ६२ जना गम्भीर अवस्थामा रहेको वर्ल्डो मिटरर्स डट इन्फोले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका १ सय ६५ भन्दा बढी मुलुकमा फैलिसकेको छ ।

अहिलेसम्म विश्वभर ८ हजार ९४४ जनाको मृत्यु भइसकेको छ भने २ लाख लाख १८ हजारभन्दा बढी संक्रमित भएका छन् । ८४ हजार तीन सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com