भीडभाड निषेध नगरे जोखिम निम्तिने सांसदहरुको चेतावनी


प्रकाशित मिति : चैत्र ५, २०७६ बुधबार

नेपालमा अहिलेसम्म कारोनाको संक्रमण नदेखिएको भए पनि छिमेकी मुलुक भारतमा निरन्तर संक्रमितको संख्या बढिरहेको छ । यसले खुला सिमाका कारण कतै नेपालमा भाइरसको प्रवेश हुने हो की भने सर्वत्र त्रास फैलिरहेको छ । सानो लापरवाहीले युरोपका देशहरु कारोनाको महामारीकोे ठुलो चपेटामा मुछिएको दृष्टान्त हेरेर पनि नेपालले पनि रोग नलाग्दै सर्तकता अपाउनु पर्ने देखिन्छ ।

नेपालमा संसदको काम कारवाही, संसदमा संमितीहरु छलफलका कार्यक्रमदेखि बिद्यालय तथा सडकमा मानिसहरुको भिडमा कमि आएको छैन । कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरुले संसदको काम कारवाही रोक्नुपर्ने माग गरेका छन । कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिदै संसदको कामकारवाही रोक्नुपर्ने बताएका हुन् ।

तिब्र गतिमा बिश्वव्यापी रुपमा फैलिएको कोराना संक्रमणबाट नेपालमा अहिलेसम्म १ जनामा देखिएर निको भएको र अन्य कसैमा भाइरसको सक्रमण देखिएको छैन । तर भाइरस संक्रमणको त्रासले आम सर्वसाधारण आक्रान्त भइरहेका छन । नेपालमा कोरोनाको प्रभाव नदेखिए पनि ढुक्क हुने अवस्था भने छैन ।

कथं कदाचित नेपालमा संक्रमण देखियो भने त्यसपछि भौतिक, आर्थिक र प्राविधिक हिसाबले समस्या आउने कारण तत्काल सावधानी अपनाउनुपर्ने सांसदहरुको भनाइ छ । कोरोना संक्रमण रोक्न र संक्रमण भैसकेको अवस्थामा उपचारलगायतका विषयमा बिश्वका अन्य देशले गरेको तयारीलाई हेर्दा समेत नेपाल आफनो तयारी अझै बढाउनु पर्ने देखिन्छ । नेपालमा अहिलेसम्म नदेखिएको भनेर ढुक्कले बस्दा संक्रमणले ठुलो रुप नलेला भन्न सकिन्न ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना संक्रमण नदेखिए पनि कोरोनाको त्राश र कतिपय गलत प्रचारवाजीका कारण मनोबैज्ञानिक रुपमा धेरैलाई असर गरिहेको छ । रोग लागि हाल्ने हो कि भनेर संसददेखि आम सर्वसाधरण त्रसित बनिरहेका छन । अहिलेसम्म जोखिम नै नभित्रिएको अवस्थामा सरकारले जनताको मनोवैज्ञानिक त्राश कम गर्दै आफ्नो तर्फबाट तयारीमा गति लिनु पर्ने देखिन्छ ।

सरकारले कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै कोरोना प्रभावित मुलुकबाट आउने नागरिकलाई अनअराइभल भिसा रोक्ने, बैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति बन्द गर्नेसहित केन्द्र, प्रदेश र स्थानीय तहमा भाइरस रोकथामका लागि समिति गठन गरेको छ ।

त्यसैगरी उपत्यकाभित्र १ सय २० वटा आइसीयू बेडको व्यवस्था गर्ने र प्रत्येक प्रदेशमा १ सय १५ वटा आइसीयू बेडको व्यवस्थाको तयारी सुरु गरिसकेको छ । यद्यपि कोरोना संक्रमणका विरुद्ध जुध्न यति नै तयारी अपूर्ण हुन सक्छन् । चीन, कोरिया लगायत कतिपय मुलुकको अनुभव हेरेर सरकारले आफ्नो तयारी अझ बलियो बनाउनु आबश्यक छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com