कोरोना संक्रमित गर्भवती महिलाबाट जन्मेका बच्चामा कोरोना सर्दैन 


प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार

कोरोना भाइरसबाट संक्रमित गर्भवती महिलाबाट जन्मेको बच्चामा भाइरसको संक्रमण नहुने एक अध्ययनबाट पत्ता लागेको छ । चिनियाँ–अमेरिकी अनुसन्धानकर्ताकाे टाेलीले याे तथ्य पत्ता लगाएको हो ।

चिनियाँ जर्नल ‘फ्रन्टियर्स इन पेडियाट्रिक्स जर्नल’ मा प्रकाशित उक्त अध्ययन प्रतिवेदनका अनुसार ‘ह्वान्झोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी’ का अध्ययनकर्ताले साे अनुसन्धान गरेका थिए । यसमा वुहान विश्वविद्यालयका अमेरिकी तथा चिनियाँ अध्ययनकर्ताहरूको पनि संलग्नता थियो ।

यो अध्ययन प्रतिवेदन ‘द लन्सेट जर्नल’ मा पनि प्रकाशित भएको छ । अनुसन्धानकर्ताले भाइरस संक्रमित आमाले बच्चा जन्माउँदा त्यसको संक्रमण शिशुमा नदेखिएको नतिजा सार्वजनिक गरेका हुन् ।

उक्त अध्ययन कोभिड–१९ बाट संक्रमित चार जना गर्भवती महिलामा गरिएको थियो, जसले कोरोना भाइरसको उद्गम मानिएको चीनको वुहानस्थित युनियन अस्पतालमा बच्चालाई जन्म दिएका थिए । गत महिना कोरोना भाइरसबाट संक्रमित गर्भवती महिलाले बच्चा जन्माएपछि अध्ययन सुरु गरिएको थियो । यो चीनमा भएको दोस्रो अध्ययन हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्ययनका क्रममा जन्मिएका सबै शिशुलाई एनआइसियुमा राखिएको थियो । तर ती कुनै पनि बच्चामा कोरोना भाइरस संक्रमणको लक्षण देखिएन ।

प्रतिवेदनअनुसार, एउटा बच्चामा तीन दिनसम्म श्वास प्रश्वाससम्बन्धी समस्या देखिएको थियो भने उक्त बच्चासहित अर्को एक बच्चामा केही दागहरु देखिएका थिए । तर ती दाग र स्वास्थ्य समस्या आफै समाधान भए । जन्मिएका चार बच्चामध्ये ३ जनामा कोरोना भाइरसको संक्रमण परीक्षण गरिएको थियो तर एक बच्चामा आमाको अनुमति नहुनाले परीक्षण गरिएको थिएन ।

अहिले अध्ययन गरिएका चारवटै बच्चा र आमा पनि पूर्णरुपमा स्वस्थ भइसकेका छन् । चीनको हुबेई प्रान्तको वुहानलाई केन्द्रबिन्दु मानिएको भाइरसबाट विश्वव्यापी रुपमा अहिलेसम्म १ लाख ७० हजारभन्दा बढी संक्रमित भएका छन् भने ६ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com