न्युयोर्कका नेपाली कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना, ल्याब टेस्टको रिजल्ट आउन बाँकी


प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार

न्युयोर्कमा एकजना नेपालीलाई कोरोना संक्रमणको आशंकामा अस्पतालमा आइसोलेसनमा राखिएको छ । निमोनियाको जस्तो लक्षण देखिएपछि अस्पतालमा भर्ना गरिएका उनलाई कोरोना सक्रमण भए नभएको परीक्षण गरिएको छ ।

५० बर्षभन्दा माथिका ती व्यक्तिलाई न्युयोर्कको एल्महस्ट अस्पतालमा भर्ना गरिएको छ । विगत चारदिनदेखि अस्पतालमा भर्ना गरिएको जानकारी आफूले प्राप्त गरेको शान्ता थोकरले जानकारी दिए । थोकरले एकजना नेपाली कोरोना संक्रमणको आशंकामा अस्पतालको आईसीयुमा रहेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

ल्याब टेस्टको रिपोर्ट भने अहिलेसम्म आइनसकेको जनाइएको छ । आज बेलुकासम्म ल्याब टेस्टको रिपोर्ट आउने अपेक्षा गरिएको छ । उनको परिवारका सदस्यहरुलाई अस्पतालले सेल्फ क्वारेन्टाइनमा बस्न भनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परिवारका सदस्यहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेको जनाइएको छ । यसबारे परिवारका सदस्यलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।

अहिलेसम्म अमेरिकामा नेपालीलाई कोरोना संक्रमण पुष्टी भइसकेको छैन । तर केही नेपालीहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com