कोरोना संक्रमणको आशंकामा ४ सय ९६ जनाको परीक्षण, सबैमा नेगेटिभ


प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार

कोरोना भाइरस कोभिड १९ संक्रमणको आशंका गरेर नमुना परीक्षण गरिएका ४ सय ९६ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्याङ्कअनुसार परीक्षण गरिएका सबैमा भाइरस नेगेटिभ देखिएको हो । कोरोना भाइरसको आशंकामा देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा भर्ना भएकाको नमुना परीक्षण गर्न प्रयोगशालामा ल्याइएको थियो ।

परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ देखिएको प्रयोगशालाले जनाएको छ । विभिन्न अस्पतालले कोरोना भाइरसको आशंकामा आज पनि अपराह्नसम्ममा १५ जनाको नमुना परीक्षणका लागि ल्याइएको बताइएको छ । उनीहरुरको पनि आजै रातिसम्म रिपोर्ट आउने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालामा गरिएको परीक्षणमा कुनैपनि शंका गर्नुपर्ने ठाँउ नरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका चिकित्सकहरुको भनाइ छ । नेपालमा गरिएको रिपोर्टलाई नमुना परीक्षणका लागि हङकङ पठाएर पुनः परीक्षण गर्दा पनि उही रिपोर्ट आएकाले नेपालमा गरिएको परीक्षण विश्वसनीय मान्न सकिने चिकित्सहरुको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल प्रयोगशालामा हरेक दिन कोरोना आशंकामा आएका ८ जना सम्मको स्वास्थ्य परीक्षण गरिँदै आइएको छ । यदि कोरोनाले नेपालमा महामारीको रुप लिए आवश्यकता अनुसार क्षमता बढाउदै लैजाने गरी प्रयोगशालालाई तयार अवस्थामा राखिएको छ ।

त्यसका लागि एक विकल्प एचआइभीका परीक्षण सेवालाई कटौती गरेर त्यहाँका डाक्टरहरुलाई कोरोना भाइरस संक्रमणको जाँच कक्षमा ल्याउन सकिने बताइएको छ । हाल नेपालमा कोरोनाको परीक्षण गर्ने पूर्वाधार रहेपनि जनशक्ति अपुग रहेको पनि बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com