हवाई भाडा, बसको टिकट बराबर


प्रकाशित मिति : चैत्र ३, २०७६ सोमबार

काठमाडौंबाट यतिबेला सरदर बसमा आउजाउ गर्दा लाग्ने खर्च जतिकै हवाइ सेवाको टिकट दर भइसकेको छ। यात्रु घट्दा हवाई सेवा कम्पनीहरू सस्तो दरका टिकट उपलब्ध गराएर पनि सञ्चालन खर्च जुटाउने कसरतमा रहँदा उडान टिकट पहिलेभन्दा करिब ५० प्रतिशतले घटेको छ ।

विभागको तथ्यांकअनुसार पछिल्लो १४ दिनमा ३३ हजार सात सय ८३ विदेशी नागरिक हवाईमार्ग हुँदै नेपाल भित्रिएका छन् भने २४ हजार एक सय ९० नेपालबाट आफ्नो मुलुक फर्किएका छन् । दुई सातायता नेपाल आउने पर्यटकको संख्या ४० प्रतिशतले घटेको नेपाल अध्यागमन विभागले जनाएको छ।

‘आम्दानी घट्दो छ, बैंकको ब्याज बढ्दो छ। यो अवस्थामा कर्मचारीलाई तलब कसरी दिने, ब्याज कसरी तिर्ने, विमानस्थलको सेवा शुल्क लगायत विविध कुराहरुलाई मध्यनजर गर्दै हामीले सर्भाइभका लागि भएपनि हवाई भाडादर घटाएका हौं,’ पर्यटकको संख्या नै ९० प्रतिशतले घटेपछि यतिखेर मुलुकका आन्तरिक वायुसेवा कम्पनीले भाडा दरमा ५० प्रतिशत घटाएर काम चलाउन थालेका छन् ।

हवाई सेवासम्बद्ध एक व्यवसायीले भने, ‘यसअघि डलर फेयरले धानिरहेको यो उद्योगमा विदेशी पर्यटक नै नआएपछि वर्तमान अवस्था हाम्रो लागि नाजुक बनेको छ । अब सरकारको सहयोगको अपेक्षामा छौं।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com