स्वर्गीय केशब भट्टराईको परिवारलाई अमेरिकामा रहेका नेपाली कलाकर्मीबाट साढे १० लाख सहयोग


प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार

अमेरिकामा रहेका नेपाली कलाकर्मीहरुले स्वर्गीय केशब भट्टराईको परिवारलाई १० लाख ७ हजार ९ सय ६० रुपैया सहयोग गरेका छन् । उक्त सहयोग रकम बरिष्ठ कलाकार नीर शाहले स्वर्गीय भट्टराईकी श्रीमती नीता भट्टराईलाई हस्तान्तरण गरियो ।

चलचित्र विकास बोर्डको कार्यालयमा एक कार्य्रक्रमकाबीच रकम हस्तान्तरण गरिएको हो । अमेरिका बाहेक बेल्जियम र क्यानाडामा रहेका कलाकर्मीहरुले पनि सहयोग गरेका छन् ।

अमेरिकामा निर्देशक एवम संचारकर्मी सुरेश दर्पण पोखरेलको संयोजनमा संकलिन रकम हस्तान्तरण कार्यक्रममा अभिनय शिरोमणी नीर शाह, चलचित्र बिकास बोर्ड पूर्व अध्यक्ष राज कुमार राई , निर्देशक र कलाकार दीपाश्री निरौला , रमेश पोखरेल , सुर्य बोहोरा , प्रकाश सुबेदी , नवराज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामारहेका कलाकर्मीले विगगतमा पनि कलाकार स्वर्गीय दीपक छेत्रीको क्यान्सर उपचार सहयोगार्थ करिव १० लाख रुपैया र गायक आनन्द कार्कीकी श्रीमती ईश्वरी कार्कीको उपचार सहयोगार्थ १ लाख २५ हजार सहयोग गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com