स्वरूपराजको स्वरमा अमेरिकाबाट आयो : ‘मलाइ परदेशी नभन’


प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार

ख्यातिप्राप्त गायक स्वरूपराज आचार्यको स्वरमा “मलाइ परदेशी नभन” बोलको राष्ट्रिय भावना ओतप्रोत गीत हालै म्युजिक डायरीको यु ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना निवासी डाक्टर चन्द्र गिरी र डाक्टर ऋषि बस्ताकोटीको शव्द रचनामा सुवास भुसालले संगीत गरेको गीतलाई  पुरूषोत्तम सुबेदीले संगीत संयोजन गरेका हुन्। गीतको रेकर्डिङ्ग काठमान्डू स्थित अकस्टिक नेपाल स्टुडियोमा गरिएको हो ।

देश विदेशबाट मायाप्रेमका गीतहरू त दिनदिनै जसो आइरहेछन तर प्रवासी मनलाई समेट्ने गरी राष्ट्रिय भावनाका गीतहरू अल्लि कम नै बन्ने गरेको सन्धर्भमा प्रवासमा बसेर आफ्ना भोगाइ र अनुभूतिहरू समेटेर आफूहरूलाइ यो गीत लेख्ने प्रेरणा मिलेको कुरा बताउञ्छन गीतकार चन्द्र गिरी।

अर्का गीतकार बस्ताकोटीका अनुसार विभिन्न परिवेशले गर्दा आफू जन्मेको भूगोलभन्दा पर रहे पनि भावना भरी देशको माया बोकी हिड्ने लाखौ प्रवासी मनको कुरा यो गीतमा व्यक्त गर्ने प्रयास गरिएको  छ । यो गीतले परदेशबाट घरदेश सम्झाउन्दै प्रवासी स्रोताहरुको मनमा एक किसिमको नोस्टाल्जिया पैदा गर्ने कुरामा गीतकार द्वय आशावादी छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पेशाले बाताबरणविद गीतकारद्वय गिरी र बस्ताकोटीको सहलेखनमा यो दोस्रो गीत हो । “तिमी सुनन ” बोलको पहिलो गीत  खेम विश्वकर्माको संगीत र मेलिना राईको स्वरमा करिव एक बर्ष अघि सार्वजनिक भएको थियो । उक्त गीत पनि  स्रोताहरूमाझ निकै  लोकप्रिय भएको थियो ।

“मलाइ परदेशी नभन” गीतमा शव्द सुहाउँदो तरिकाले देशविदेशका विभिन्न सन्दर्भहरूलाई जोडेर श्रव्य दृश्य तयार परिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com