दुर्घटनापछि उबरले खारेज गर्यो ड्राइभरबिना चल्ने कार


प्रकाशित मिति : चैत्र १३, २०७३ आईतबार

एरिजोनामा भएको दुर्घटनापछि उबरले ड्राइभरविना नै चल्ने कार कार्यक्रम रद्द गर्ने घोषणा गरेको छ । बहुचर्चित सवारी कम्पनी उबरले ड्राइभरविना नै आफै चल्ने कारको कार्यक्रम परिक्षण गरिरहेको थियो ।

कार्यक्रम खारेज गर्ने घोषणापछि पेन्सिलभेनियाको पिट्सबर्ग, क्यालिफोर्निया र एरिजोनामा सडकमा राखिएका उबरका गाडीहरु फिर्ता लगिएको छ । एरिजोनामा दुर्घटनाहुँदा उबरको कार ड्राइभरविना नै चल्ने मोडमा सडकमा गुडिरहेको थियो भने कारमा कुनै यात्रु थिएनन् ।

दुर्घटनामा उबरको गाडीको गल्ती नभएको र नियमित अर्को गाडीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । उबरका प्रवक्ताले दुर्घटनाबारे आफूले नजिकबाट हेरिरहेको बताएका छन् ।

उबरले ड्राइभरविना चल्नसक्ने कारको परिक्षण एरिजोनामा गतमहिनादेखि सुरुवात गरेको थियो । पिट्सबर्गमा भने गत सेप्टेम्बरदेखि परिक्षण सुरु गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसरी चल्छ ड्राइभरविना नै उबरको कार (भिडियो)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com