न्युयोर्कमा मनाइयो २१४७औं झिवा लोसार


प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार

अमेरिकामा बसोबास गरिरहेका तोक्पेगोला (ढोक्प्या) समुदायले न्युयोर्कस्थित क्विन्स प्यालेस क्विन्समा भब्यताका साथ २१४७औं झिवा लोसार साँझ मनाएका छन् ।

तोक्पेगोला समाज सेवा समिति काठमाडौंको प्रवास शाखा ढोक्प्या किदुक उत्तर अमेरिका न्युयोर्कका अध्यक्ष गोवा ढोक्प्याको अध्यक्षतामा  ‘भाषा, धर्म र संस्कृतिको संरक्षण गरौं, आफनो पहिचान कायम राखौ’ भन्ने नारासहित झिवा लोसार साँझ मनाइएको हो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष लोक चेम्जोङ लिम्बू प्रमुख अतिथि थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ढोक्प्या समुदायका औतरी लामा लोब्साङ खेटुक र लामा कासाङ छोम्वेले संयुक्त रुपमा वौद्घ धर्म परम्परा अनुसार पुजापाठ गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रमको औपचारिक उद्घाटन चेम्जोङले पानसमा दियो बालेर गरेका थिए ।

किदुकका उपाध्यक्ष ङिमा ढोमा ढोक्प्याले स्वागत मन्तव्य राखेर अघि बढेको कार्यक्रममा ढोक्प्या समुदायको परम्परागत स्याव्रु नाच प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको सञ्चालन किदुकका सचिव ज्याल्जेन ढोक्प्याले गरेका थिए ।

कार्यक्रममा किदुकका सल्लाहकार डण्डु ढोक्प्याले नेपालमा आदिवासी जनजातिहरुले पहिचानको मुद्दालाई निरन्तर उठान गरिरहेको र प्रदेशहरुको नामाकरण पहिचानको आधारमा हुनुपर्ने र प्रदेशभित्र अल्पसंख्याक आदिवासी जनजातिहरुको स्वशासन सहितको स्वयत्त क्षेत्रहरु हुनुपर्ने मागलाई निरन्तर उठान गरिरहेको बताए ।

प्रवासमा रहेका आदिवासी जनजाति लगायत आम नेपाली समुदायले पुस्तौ पुस्तासम्म आफ्नो पहिचान कायम राख्न आफ्नो भाषा, धर्म, संस्कृति र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमका प्रमुख चेम्जोङले नेपालको संघीय प्रणाली पहिचानको आधारमा हुनुपर्ने र नेपालको सामाजिक, भाषिक, संस्कृतिक र समुदायगत विविधता अनुसारको राज्य संरचना, संविधान र ऐन कानुन निर्माण हुनुपर्ने बताए ।

उनले वर्तमान सरकार आदिवासी जनजातिहरुको आवाज सुन्नै नचाहाने र देशको सुन्दर विविधतालाई तहसनहस पार्न अग्रसर भइरहेको आरोप लगाए । अधिकारका लागि आदिवासी जनजातिहरु एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

उनले अहिले संयुक्त राज्य अमेरिका राट्रिय जनगनाणाको संघारमा भएको हुँदा सबै नेपालीहरुले राट्रिय जनगनाणामा गम्भीर भएर सहभागिता जनाउनुपर्ने बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा स्पोन्सर गरी संस्थालाई सहयोग गर्ने सहयोगदाताहरुलाई प्रमुख अतिथिमार्फत धन्यवादसहित खादा र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका सभापति एवं सस्थाका अध्यक्ष ढोक्प्याले अमेरिकामा ढोक्प्या समुदाय थोरै संख्यामा भए पनि संस्था गठन गर्न सफल भएको र संस्था गठन भएदेखि हासम्म निरन्तर हरेक वर्ष लोसार साँझ कार्यक्रम आयोजना गर्दै आएको बताए ।

उनले हरेक वर्ष ढोक्प्याहरुको अनुरोधलाई सहर्ष स्विकार गरी लोसार साँझलाई भव्यरुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबै सहयात्री संस्था, अभियान्ता, अतिथि र सहभागीहरुलाई धन्यवाद दिए ।

उनले लोसार साँझ कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि संस्थाको कार्यसमिति सदस्य र ढोक्प्या समुदायका विभिन्न सहयोगदाताहरु, खाद्य पदार्थ, खाना, पानी, पेय पदार्थ, खादा, ध्वनी प्रविधि लगायत सबैलाई धन्यवाद दिए ।

औपचारिक कार्यक्रम छोटो गरी सम्पन्न गरी नेपाली कलाकार संघ अमेरिकाका अध्यक्ष सुमन बुढा मगरसहितको टोलीले विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनोरञ्जन प्रदान गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com