ट्याक्स फाइल धमाधम, यस्तो छ रिफण्ड छिटो पाउने तरिका


प्रकाशित मिति : फाल्गुन २७, २०७६ मंगलबार

अमेरिकामा अहिले ट्याक्स फाइलको सिजन चलिरहेको छ । अमेरिकामा रहेका व्यक्तिगत करदाताहरुले आगामी अप्रिल १५ भित्र ट्याक्स फाइल गरिसक्नुपर्नेछ ।

ट्याक्स फाइल गरेको २१ दिनभित्र योग्य करदाताले रिफण्ड रकम प्राप्त गर्नसक्ने आईआरएसले जनाएको छ । इन्टरनेटमार्फत ट्याक्स फाइल गर्ने र आफ्नो बैंक खातामा सिधा डिपोजिटको विकल्प दिने करदाताले छिटो रिफण्ड रकम प्राप्त गर्नेछन् ।

हुलाकमार्फत फाइल गर्ने र चेकमार्फत रिफण्ड प्राप्त गर्ने करदाताका सन्दर्भमा भने केही लामो समय लाग्न सक्नेछ । कागजी फाइल गर्ने र कागजको चेक प्राप्त गर्ने करदाताका हकमा रिफण्ड प्राप्त गर्न दुईमहिनासम्म समेत लाग्नसक्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इन्टरनेटमार्फत फाइल गर्ने र बैंकमा डाइरेक्ट डिपोजिटको विकल्प दिने करदाताले एकदेखि तीनसाताभित्र रिफण्ड रकम प्राप्त गर्न सक्नेछन् । कागजमार्फत हुलाकबाट फाइल गर्ने तर बैंकमा डाइरेक्ट डिपोजिटको विकल्प दिने करदातालाई रिफण्ड प्राप्त गर्न कम्तीमा तीनसाता लाग्नसक्नेछ ।

इन्टरनेटमार्फत फाइल गर्ने तर रिफण्डका लागि चेकको विकल्प दिने करदाताले रिफण्ड चेक प्राप्त गर्न एकमहिना लाग्नेछ । कागजमार्फत हुलाकबाट फाइल गर्ने र रिफण्डका लागि चेकको विकल्प दिने करदाताले रिफण्ड चेक प्राप्त गर्न २ महिना लाग्नेछ ।

त्यसैले सकभर छिटो रिफण्ड प्राप्त गर्नका लागि इन्टरनेटमार्फत फाइल गर्ने र बैंकमा डाइरेक्ट डिपोजिटको विकल्प दिने हो कि ?

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com