पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित निर्माणाधिन घरको परिसरमा बम विष्फोट भएको छ। आज बिहान ७ बजेर ५ मिनेट जाँदा भएको विष्फोटबाट घरको भित्तामा क्षति पुगेको जनाइएको छ ।
प्रेसरकुकर बम विस्फोट गराइएको र त्यसबाट घरको परिसरमा रहेको मारुती भ्यानमा समेत क्षति पुगेको जनाइएको छ । विष्फोटबाट छिमेकीहरुको घरमा पनि क्षति पुगेको जनाइएको छ ।
बिष्फोट कस्ले गराएको हो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । बिष्फोटको जिम्मा पनि कसैले लिएको छैन । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।