अमेरिकी पत्रिकाको टप सुचीमा लाक्पाफुटी शेर्पा: पासाङ ल्हामुसँग सगरमाथादेखि चर्चित पुस्तकसम्म


प्रकाशित मिति : फाल्गुन २४, २०७६ शनिबार

अमेरिकाबाट प्रकाशित हुने अफर म्याथाजिनले यात्रासँग सम्बन्धित महिलाहरुको सुचीमा नेपाली महिला लाक्पाफुटी शेर्पालाई समेत समेटेको छ । महिलाहरुले यो विश्वलाई कसरी बदलिरहेका छन् भन्ने जानकारीसहित उक्त सुची प्रकाशित गरिएको हो ।

सगरमाथाको छायामा जन्मिएकी लक्पाफूटी शेर्पाले आफ्नो अधिकांश जीवन हिमाल र त्यसकै काखमा विताएको र सन् १९९३ मा लाक्पाफुटी नेपाली महिलाहरुको हिमाल आरोही दलको सहायक टीम लिडर बनेर सगरमाथाको उचाई तर्फ लम्केको प्रोफाइलमा उल्लेख गरिएको छ ।

सगरमाथा आरोहणकै क्रममा उनको टीमकी साथी पासाङ ल्हामु शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाईला राख्ने पहिलो महिलाको इतिहास बनाउँन सफल भएकी थिइन् । तर आरोहणकै क्रममा पासाङ ल्हामुको मृत्यु भएपछि लाक्पाफुटीसँगै उनका अरु आरोहण दलका सदस्यले सगरमाथाको चुचुरो चुम्न भने पाएनन् ।

त्यसपछि लाक्पाफुटी युरोपका कयौँ उच्च शिखरहरुको उचाई नाप्न निस्किइन् । उनले युरोपका कयौँ उच्च हिमालहरुमा स्की गरेकी छिन् । स्की खेलको मज्जा लिने पहिलो नेपाली महिलाको रेकर्ड उनको नामा छ । त्यसपछि उनी ट्रेकिंग एजेन्सी र पर्यटन क्षेत्रमा होमिन थालिन् । नेपालको अति लोकप्रिय लक्जरी ट्रेकिंग एजेन्सीकी उनी अहिले संस्थापक हुन् । यो कम्पनी नेपाल, तिब्बत र भूटानको यात्राका लागि अति प्रख्यात छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लाक्पाफुटीको उचाई यतिमात्र छैन । सगरमाथाको उचाई बराबरमा उनले आफ्नो व्यक्तित्व बढाएकी छिन् । सन् २००९ मा उनी नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान नेपालको पहिलो महिला कार्यकारी निदेशक नियुक्त भइन् । उनका लागि मात्र हैन यो नेपालकै लागि गर्वको विषय हो ।

पर्यटकीय क्षेत्रमा नेपाली महिलाले पाएको यो निक्कै ठूलो जिम्मेवारी हो । हाल उनी यी प्रतिष्ठानकी अध्यक्ष समेत छिन् । प्रतिष्ठानको उनी पहिलो महिला अध्यक्ष हुन् ।

उनले महिलालाई पर्यटनको क्षेत्रमा लाग्नका लागि निक्कै धेरै प्रयास र प्रोत्साहन गरेकी छिन् । महिला गाईड तालिमको सुरुवात गरेर पर्यटन क्षेत्रमा नेपाली महिलाको सहभागिता उच्च बनाएकी छिन् । उनको यो लगावले अहिले नेपाली पर्यटकीय क्षेत्रमा सयौँ महिलाहरुको सहभागी देखिएको छ ।

उनकै सक्रियतामा त्रिभुवन विश्वविद्यालयको अनुमतिमा पर्वतारोहण अध्ययन सुरु भएको छ । योपनि स्नातकोत्तर तहसम्म पर्यटन विषयमा पढाई हुने दुनियाको पहिलो डिग्री क्याम्पस बन्न सफल भएको छ । यो रेकर्डपनि उनकै सक्रियतामा भएको हो । पहिले स्नातकबाट सुरु भएको पर्यटन विषयको पढाई अहिले स्नातकोत्तर तहसम्म सुरु भएको छ ।

यहाँ विदेशी विद्यार्थीहरुपनि सम्मिलित छन् । विश्वभरीका विद्यार्थीहरुले यो विषयमा चासो राखेका छन् । २०१७ देखि स्नातक तहको पढाई सुरु भएको छ भने २०२० जनवरी देखि साहसिक पर्यटन विषयमा मास्टर डिग्री अध्यापन सुरु भएको छ । नेपालको अर्थतन्त्रको पहिलो खम्बाको रुपमा हेरिएको पर्यटन क्षेत्रको विकास र बृद्धीका लागि लाक्पाफुटीको उच्च योगदान रहेको छ ।

विश्वको नै महंगो र रोजाईको क्षेत्र हो माउन्टेन टूरिज्म । पर्वतीय पर्यटनको उच्च सम्भावना भएको मुलुक हो नेपाल । यसको विकास र विस्तारका लागि लाक्पाफुटीको अतुलनीय योगदान रहेको छ । लाक्पाफुटीले यही क्षेत्रलाई समेटेर आफ्नै आत्मावृतान्त हिमालमा चालिस बर्ष र हिमालकी छोरी नामक दुई पुस्तक समेत प्रकाशन गरिसकेकी छन् ।

यी दुवै पुस्तक विश्वभरी प्रख्यात छन् । पुस्तकले नेपालको हिमाल र नेपालीलाई चिनाउँन उच्च योगदान गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com