कागजपत्रविहिनलाई अमेरिका ल्याउने व्यक्ति छैठौंपटक देशनिकाला


प्रकाशित मिति : फाल्गुन १९, २०७६ सोमबार

कागजपत्रविहिनलाई अमेरिका ल्याउने मानव तस्करीमा संलग्न एक व्यक्तिलाई अमेरिकाले छैठौंपटक देशनिकाला गर्ने भएको छ । कागजपत्रविहिनलाई ओसारपसार गरिरहेको अवस्था उक्त व्यक्तिलाई डेलावरबाट पक्राउ गरिएको थियो ।

डेलावरका न्यायाधिसले आन्द्रेस आन्द्रेस हुवान नामका व्यक्तिलाई देशनिकालाको आदेश दिएका हुन् । यसअगाडि उक्त व्यक्ति अमेरिकाबाट ५ पटक देशनिकालामा परिसकेको जनाइएको छ ।

उक्त व्यक्तिलाई १४ महिनादेखि हिराशतमा राखिएको छ । विगतमा सिमानामा रहेको दलाललाई पूरै ऋण तिर्न नसकेका कारण आफू पटकपटक अमेरिकामा गैरकानुनी रुपमा आएको उक्त व्यक्तिको बयानमा देखिएको छ । सिमानामा रहेको दलाललाई रकम तिर्न नसकेपछि कागजपत्रविहिनलाई ओसार्न राजी भएको उक्त व्यक्तिले बयान दिएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आन्द्रेस आन्द्रेस हुवान सन् २००२ यता अमेरिकाबाट ५ पटक देशनिकाला भइसकेको रेकर्डमा उल्लेख छ । अमेरिकामा कागजपत्रविहिलाई ओसारपसार गर्ने क्रममा कैयन व्यक्ति पक्राउ पर्दै आएका छन् ।

मेक्सिकोका कैयन आप्रवासी पटकपटक अमेरिका छिर्ने र पटकपटक देशनिकाला हुने गरेको रेकर्ड रहेको छ । उनीहरु देशनिकाला भइसकेपछि पनि पुन सिमाक्षेत्रबाट गैर कानुनी रुपमा अमेरिका आउने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com